शिक्षा सुधारका लागि सबै पक्ष मिलेर अघि बढ्नुपर्छ : सभामुख घर्ती (तस्बिर सहित)

-केशव पन्थी / अर्घाखाँची डटकम्।

दाङ । सार्वजनिक शिक्षामा लगानी र समावेशी शिक्षा नीति, बजेट तथा कार्यान्वयनका विषयमा लुम्बिनी प्रदेशस्तरीय संवाद कार्यक्रम दाङको भालुवाङमा सम्पन्न भएको छ।

May be an image of studying, dais and text

“निःशुल्क गुणस्तरीय शिक्षामा लगानी, सार्वजनिक शिक्षा सम्भव छ” भन्ने मूल नारासहित शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसीई नेपाल) को आयोजनामा कार्यक्रम सम्पन्न भएको हो।

May be an image of text that says "निशशुन्क, गुपसतरीप सार्बजानिक शिका राभव E1 शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) प्रदेश स्तरिय शिक्षा संवाद कार्यक्रम भिति: भाद , २०5३ स्थान: होटल पोवा, दाष्ट, तभ्विनी प्रदेश NCE NEPAL EDUCATIONOUTLOUD roRatAbillly GPE BAIeUary serial"

कार्यक्रमका प्रमुख वक्ता लुम्बिनी प्रदेश सरकारका सभामुख तुलाराम घर्ती मगरले शिक्षा क्षेत्रको सुधारका लागि सरकार, विद्यालय, शिक्षक, अभिभावक, विद्यार्थी तथा सबै सरोकारवाला पक्ष मिलेर अघि बढ्नुपर्ने बताउनुभयो। उहाँले सार्वजनिक शिक्षालाई गुणस्तरीय र प्रभावकारी बनाउन सबै पक्षको साझा प्रयास आवश्यक रहेकोमा जोड दिनुभयो।

May be an image of dais and text

कार्यक्रममा लुम्बिनी प्रदेश सरकार सामाजिक विकास समितिकी सदस्य रेखा शर्मा, लुम्बिनी प्रदेश सरकारका पूर्वस्वास्थ्य मन्त्री विष्णु पन्थी, शिवराज नगरपालिका उपप्रमुख शिवकुमारी चौधरी तथा सामाजिक विकास मन्त्रालयका अधिकृत बेगम केसी लगायतले सार्वजनिक शिक्षा, समावेशी शिक्षा र शिक्षा क्षेत्रमा लगानीका विषयमा धारणा राख्नुभएको थियो।

May be an image of table, lighting and dais

एनसीई नेपालका कार्यकारी प्रमुख रामु गैरेले लुम्बिनी प्रदेशको शिक्षा क्षेत्रको अवस्था, चुनौती तथा सुधारका आवश्यकताबारे जानकारी गराउनुभएको थियो। सामाजिक विकास मन्त्रालयका अधिकृत बेगम केसीले प्रदेशको शिक्षा क्षेत्रमा देखिएका समस्या तथा अव्यवस्थाबारे जानकारी गराउँदै सुधारका लागि गर्नुपर्ने कामबारे धारणा राख्नुभएको थियो।

images

May be an image of dais and text

कार्यक्रममा सार्वजनिक शिक्षामा राज्यको लगानी बढाउनुपर्ने, शिक्षालाई सबै वर्ग र समुदायको पहुँचमा पुर्‍याउनुपर्ने तथा नीति र बजेटको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिइएको थियो।

images

May be an image of text that says "निशशुन्क, गुपसतरीप सार्बजानिक शिका राभव E1 शिक्षाका लागि राष्ट्रिय अभियान नेपाल (एनसिई नेपाल) प्रदेश स्तरिय शिक्षा संवाद कार्यक्रम भिति: भाद , २०5३ स्थान: होटल पोवा, दाष्ट, तभ्विनी प्रदेश NCE NEPAL EDUCATIONOUTLOUD roRatAbillly GPE BAIeUary serial"

एनसीई नेपालका केन्द्रीय अध्यक्ष नवराज वलीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा लुम्बिनी प्रदेशका १३ वटै जिल्लाका एनसीई नेपाल प्रतिनिधि, स्थानीय विद्यालयका विद्यार्थी तथा शिक्षक र विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

images

अन्य समाचारहरु