
भियतनाम हुने पिकलबल विश्वकपका लागि दुई वटा उमेरसमूहका नेपाली राष्ट्रिय पिकलबल टोली घोषणा भएको छ । अगस्ट ३० देखि सेप्टेम्बर ६ तारिखसम्म भियतनामको दा नाङमा पिकलबल आयोजना हुँदैछ । नेपाल पहिलोपल्ट पिकलबल विश्वकप खेल्ने भएको छ ।
उक्त विश्वकपका लागि १९–४९ वर्ष उमेर समूहको ओपन क्याटेगोरी र ५० वर्षमाथि सिनियर क्याटेगोरीमा प्रतिस्पर्धा गर्ने नेपाली खेलाडी घोषणा गरिएको हो । पिकलबल एसोसिएसन नेपालले नक्सालमा मंगलवार आयोजित पत्रकार सम्मेलनमार्पत नेपाली खेलाडीको नाम सार्वजनिक ग¥यो ।


सिनियर क्याटेगोरीमा हर्षसागर तुलाधर, मणिकरत्न शाक्य, दिलभूषण पाठक, फत्तेबहादुर खड्का, शर्मिला केसी र प्रतिमा प्रधान छन् ।

ओपन क्याटेगोरीमा भने ज्याक्सन सुवेदी, सन्देश श्रेष्ठ, उमिद शेर्पा, उगेन शेर्पा, दावा शेर्पा, राधेश्याम मचामसी, महेश शर्मा, सरुसा मगर, डा. दिक्षा राना, सञ्जील कन्साकार र किरण खनाल छनोट भएका छन् ।




