
टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले क्षेत्रीय शान्तिमा खलल पु¥याउने हालैका घटनाहरूका बाबजुद पनि आफ्नो देश एकता, शान्ति र स्थिरताको मार्गमा निरन्तर अगाडि बढ्ने प्रतिवद्धता व्यक्त गर्नुभएको छ ।
पूर्वी प्रान्त बिट्लिसमा आयोजित एक विशेष कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति एर्दोगानले कुनैपनि वाह्य प्रयासले टर्कीलाई आफ्नो लक्ष्यबाट विचलित गर्न नसक्ने बताउनु भयो ।





