
पूर्वी चीनको शानडोङ प्रान्तको राजधानी जिनानमा विश्वकै सबैभन्दा ठूलो व्यास (डायमिटर) भएको ‘अण्डरवाटर शिल्ड टनेल’ मंगलवारदेखि सञ्चालनमा आएको छ ।
यस सुरुङ मार्गको प्रयोगसँगै नदी वारपार गर्न लाग्ने समयमा उल्लेख्य कटौती भएको छ ।


यसअघि सो नदी पार गर्न करिव ४० मिनेट लाग्ने गरेकोमा अब मात्र ५ मिनेटमा यात्रा पूरा गर्न सकिने भएको छ ।





