नागरिकलाई बचाउन सरकारले सम्पूर्ण सामर्थ्य लगाउनेछ- रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकारले नागरिकलाई बचाउन सम्पूर्ण सामर्थ्य लगाउने विश्वास व्यक्त गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले भोटेकोसीमा आएको बाढीको विपत्तमा नागरिक बचाउन सरकार लागिसकेको जानकारी गराएका हुन् ।

लामिछानले बाढीको सूचना पाउनासाथ आफुले प्रधानमन्त्री, गृहमन्त्री, स्वास्थ्यमन्त्रीलगायतसँग निरन्तर छलफल र सूचना आदनप्रदानमा रहेको बताउदै सरकारलेनागरिक बचाउन सम्पूर्ण सामर्थ्य लगाउने बताएका हुन् ।

उनले भने- ‘सरकारले सम्पूर्ण सामार्थ्य लगाउनेछ । नागरिकको ज्यान बचाउने कुरा यतिखेर सबैभन्दा महत्त्वपूर्ण कुरा भएकाले मैले सम्मानित सदनलाई प्रतिबद्धताका साथ बताउन सक्दछु । मैले बिहानदेखि अहिलेसम्म गरेका संवादका आधारमा सरकारले सम्पूर्ण सामार्थ्य सबैभन्दा पहिला नागरिक बचाउन लगाउनेछ ।’

लामिछानेले पिडितमा जाने राहतमा एकद्वार प्रणाली हुनुपर्ने भन्दै यस विषयमा सरकारले स्पष्ट गर्ने बताए । उनले विगतका अनुभवको आधारमा एकद्वार प्रणालीबाट राहत दिदा प्रभावकारी हुने धारणा राखेका छन् ।  उनले सबै राजनीतिक दल, संघसंस्थाहरुमा विपदसम्बन्धि प्रशिक्षण लिएका जनशक्ति राहत र उद्धारको अग्रपंक्तिमा आउन समेत आव्हान गरेका छन् ।