
काठमाडौं, १० भदौं । परराष्ट्र मन्त्री शिशिर खनालले भोटेकोसी बाढीवाट ९ जनाको शव फेला पारेको तथा ७९ सुरक्षाकर्मी सम्पर्कविहीन भएको जानकारी दिएका छन ।
प्रतिनिधिसभाको आजको बैठकमा हालसम्म ९ जनाको शव फेला परे पनि तीनको पहिचान हुन बाँकी रहेको पनि जानकारी दिएका छन ।

यसैगरी, बिभिन्न प्रहरी चौकीमा कार्यरत २६ प्रहरी, सशस्त्र प्रहरीतर्फ ९ जना सम्पर्कविहीन रहेको छन भने नेपाली सेनातर्फ टिमुरे र मैलुङ पोष्ट गरी ४४ जना सम्पर्कविहीन रहेको पनि उनले जानकारी दिएका छन् ।


उनका अनुसार रसुवागढी भन्सार, अध्यागन कार्यालयका केही कर्मचारी सम्पर्कविहीन रहेको जानकारी दिए । प्रभावित क्षेत्रका केही नागरिक सम्पर्कबाहिर रहेको जानकारी गराए । उनका अनुसार प्रभावित क्षेत्रका सयौं सरकारी तथा निजी भवनमा ठूलो क्षति भएको छ।




