
नेपाली काँग्रेसले मुलुकमा रसुवा बाढी विपद्बाट सिर्जित सङ्कट व्यवस्थापन र राहत वितरणलाई व्यवस्थित बनाउन ‘विपद् व्यवस्थापन समन्वय तथा सहजीकरण समिति’ गठन गरेको छ ।
पार्टीका सभापति गगनकुमार थापाले बुधवार पार्टी केन्द्रिय कार्यालय सानेपामा आयोजित केन्द्रिय कार्यसमितिको बैठकमा यससम्बन्धी कार्ययोजना प्रश्तुत गर्दै राहत र उद्धारमा सङ्गठित रूपमा जुट्न पार्टीका नेता तथा कार्यकर्ताहरूलाई आह्वान गर्नुभएको हो ।


पार्टीका सांसद मोहन आचार्यको संयोजकत्वमा गठित उक्त समितिमा प्रभावित जिल्लाका पार्टी सभापतिहरू, प्रदेश तथा सङ्घीय सांसदहरू र स्थानीय तहका प्रमुख–उपप्रमुखहरूलाई समावेश गरिएको छ ।

आवश्यकताअनुसार पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रमुखहरूलाई पनि यसै समितिमा जोडेर अघि बढ्ने निर्णय गरिएको छ ।




