प्रतिनिधिसभाको बैठक अनिश्चतकालका लागि स्थगित

काठमाडौं। प्रतिनिधि सभाको बैठक अनिश्चितका लागि स्थगित भएको छ।

आज सभामुख डोलप्रसाद अर्यालले बिहीबार दिउँसो १ः०० बजे बस्ने गरी निर्धारण गरिएको प्रतिनिधि सभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित भएको हो ।

संघीय संसद् सचिवालयले जारी गरेको सुचना अनुसार बुधबार चीनतर्फबाट आएको बाढीबाट उत्पन्न विपद्को अवस्थामा सरकारका साथै प्रतिनिधि सभाका सदस्यहरू समेत राहत तथा उद्धारलगायतका कार्यमा संलग्न हुनुपर्ने भएकाले बैठक स्थगित गरिएको हो ।

प्रतिनिधि सभा नियमावली, २०८३ को नियम ६ को उपनियम (३) बमोजिम सभामुखको निर्देशानुसार बैठक स्थगित गरिएको महासचिव पद्मप्रसाद पाण्डेयले जारी गरेको सूचनामा उल्लेख छ ।