अर्घाखाँचीमा जिल्ला स्तरीय स्वास्थ्य समीक्षा कार्यक्रम सुरु, स्वास्थ्य सेवा सुधारमा जोड (तस्बिर सहित)

अर्घाखाँचीमा जिल्ला स्तरीय स्वास्थ्य समीक्षा कार्यक्रम सुरु, स्वास्थ्य सेवा सुधारमा जोड, ६ वटै स्थानीय तहका स्वास्थ्य शाखाबाट वार्षिक प्रगति प्रस्तुत, उपलब्धि, समस्या र चुनौतीबारे समीक्षा

 -केशब पन्थी, अर्घाखाँची/अर्घाखाँची डटकम

अर्घाखाँची । स्वास्थ्य कार्यालय अर्घाखाँचीको आयोजनामा जिल्ला स्तरीय स्वास्थ्य समीक्षा कार्यक्रम बुधबारदेखि सन्धिखर्कमा सुरु भएको छ। आर्थिक वर्ष २०८२/०८३ मा जिल्लाका विभिन्न स्वास्थ्य संस्थाबाट सञ्चालन भएका स्वास्थ्यसम्बन्धी योजना तथा कार्यक्रमको प्रगति, उपलब्धि, समस्या र चुनौतीको समीक्षा गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

May be an image of one or more people, people studying, map and text

कार्यक्रमको जिल्ला समन्वय समिति अर्घाखाँचीका प्रमुख जीवनारायण कोइरालाले उद्घाटन गर्नुभएको हो। कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी राजेश पन्थी, लुम्बिनी प्रदेश आयुर्वेद निर्देशनालयका डा. दिवाकर ठाकुर, जिल्ला अस्पताल अर्घाखाँचीका प्रमुख डा. जगन्नाथ तिवारी, जिल्ला समन्वय अधिकारी केशव ज्ञवालीलगायतको उपस्थिति थियो।

May be an image of one or more people, people studying and text

जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोखरेलको अध्यक्षतामा सुरु भएको कार्यक्रममा जिल्लाको समग्र स्वास्थ्य अवस्था, स्वास्थ्य संस्थाबाट प्रवाह भइरहेको सेवा तथा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका कार्यक्रमको कार्यान्वयन अवस्थाबारे छलफल गरिएको छ।

May be an image of one or more people, people studying and text

कार्यक्रममा कार्यालय प्रमुख पोखरेलले जिल्ला स्वास्थ्य कार्यालयको वार्षिक योजना तथा कार्यक्रमको प्रगति प्रस्तुत गर्दै सञ्चालन भएका स्वास्थ्य कार्यक्रम, हासिल भएका उपलब्धि, कार्यान्वयनका क्रममा देखिएका समस्या तथा आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा जानकारी गराउनुभयो।

May be an image of one or more people, clarinet, suit and text

६ वटै स्थानीय तहले प्रस्तुत गरे स्वास्थ्य कार्यक्रमको प्रगति

समीक्षा कार्यक्रममा अर्घाखाँचीका ६ वटै स्थानीय तहका स्वास्थ्य शाखा प्रमुख तथा प्रतिनिधिले आ–आफ्नो पालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका स्वास्थ्यसम्बन्धी योजना तथा कार्यक्रमको प्रगति प्रस्तुत गरेका छन्।

images

छत्रदेव गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धिराम न्यौपाने, मालारानी गाउँपालिकाका भविश्वर खनाल, पाणिनी गाउँपालिकाका रामप्रसाद घिमिरे, सन्धिखर्क नगरपालिकाका पूर्ण पराजुली, भूमिकास्थान नगरपालिकाका सुरेश गैरे र शितगंगा नगरपालिकाका लक्ष्मण पौडेलले पालिकागत स्वास्थ्य कार्यक्रमको समीक्षा प्रस्तुत गर्नुभएको थियो।

May be an image of one or more people and dais

images

उनीहरूले स्वास्थ्य सेवाको पहुँच, सेवा प्रवाह, कार्यक्रमको प्रगति तथा कार्यान्वयनका क्रममा देखिएका समस्या र चुनौतीबारे जानकारी गराएका थिए।

आँखा उपचार र स्वास्थ्य बीमाको पनि समीक्षा

कार्यक्रममा आँखा उपचार केन्द्र अर्घाखाँचीका प्रमुख सागर घिमिरेले केन्द्रबाट प्रदान हुँदै आएका सेवा तथा सञ्चालन गरिएका कार्यक्रमको समीक्षा प्रस्तुत गर्नुभयो।

images

त्यस्तै, स्वास्थ्य बीमा कार्यालय अर्घाखाँचीका प्रमुख रामबहादुर थापाले जिल्लामा स्वास्थ्य बीमा कार्यक्रमको अवस्था तथा आर्थिक वर्ष २०८२/०८३ मा सञ्चालन भएका कार्यक्रमको समीक्षा प्रस्तुत गर्नुभयो। स्वास्थ्य बीमामार्फत नागरिकले सेवा प्राप्त गर्ने अवस्था, सेवा प्रवाहमा देखिएका समस्या तथा बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो।

May be an image of dais and text

समीक्षामा जिल्लाका विभिन्न स्वास्थ्य संस्था तथा स्वास्थ्य क्षेत्रमा काम गरिरहेका संघसंस्थाका प्रतिनिधिले समेत आफ्ना कार्यक्रमको प्रगति र आगामी योजनाबारे जानकारी गराएका थिए।

कार्यक्रममा स्वास्थ्य सेवाको पहुँच विस्तार, सेवा प्रवाहलाई प्रभावकारी बनाउने, विगतका कमजोरी सुधार गर्ने तथा नागरिकलाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउने विषयमा विशेष जोड दिइएको छ।

Nepal life insurance

स्वास्थ्य सेवा नागरिकको प्रत्यक्ष सरोकारसँग जोडिएको विषय भएकाले स्थानीय तह, स्वास्थ्य कार्यालय, स्वास्थ्य संस्था तथा सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र सहकार्य आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

May be an image of text

जिल्ला स्तरीय समीक्षा कार्यक्रम बिहीबार पनि सञ्चालन हुने जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका प्रमुख कृष्णप्रसाद पोखरेलले जानकारी दिनुभयो। उहाँका अनुसार समीक्षाले जिल्लाको स्वास्थ्य क्षेत्रको वास्तविक अवस्था पहिचान गर्नुका साथै उपलब्धि र कमजोरीको मूल्याङ्कन गरी आगामी कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुग्नेछ।

No photo description available.

कार्यक्रमको सञ्चालन जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका सूचना अधिकारी बसन्त पोखरेलले गर्नुभएको थियो भने जनस्वास्थ्य निरीक्षक गणेश पौडेलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।

तस्बिर : केशब पन्थी, अर्घाखाँची/अर्घाखाँची डटकम

May be an image of one or more people, people studying, table, hospital and text

May be an image of one or more people and beard

May be an image of one or more people, people studying, children's toy, table, chess and text

May be an image of one or more people