
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भोलि (बिहीबार) सर्वदलीय बैठक बोलाएका छन्।
बैठक रास्वपा संसदीय दलको कार्यालय सिंहदरबारमा बिहान ९ बजे बस्ने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिए।


बैठकमा भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका विषयमा छलफल हुनेछ।





