रसुवाको बाढीमा १५७ जनाको मृत्यु, प्रहरीसहित ८१ सुरक्षाकर्मी बेपत्ता

काठमाडौँ । रसुवागढी–टिमुरे क्षेत्रमा आएको भीषण बाढीमा ठूलो मानवीय क्षति भएको छ। बुधबार रातिसम्म विभिन्न जिल्लामा १५७ जनाको शव फेला परेको प्रहरीले जनाएको छ।

बाढीपछि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका गरी ८१ जना सुरक्षाकर्मी सम्पर्कविहीन छन्। तीमध्ये नेपाल प्रहरीका २८ जना, सशस्त्र प्रहरीका १७ जना र नेपाली सेनाका ३६ जना सम्पर्कमा नरहेको प्रारम्भिक विवरण छ।

रसुवाका टिमुरे, रसुवागढी, स्याफ्रुबेसी, मैलुङ, बेत्रावती र हाकु क्षेत्रमा कार्यरत सुरक्षाकर्मीसमेत बेपत्ता छन्। बाढीले नदी किनारका बस्ती, सडक तथा सरकारी संरचनामा ठूलो क्षति पुर्‍याएको छ।

घाइते ४१ जनालाई काठमाडौँका विभिन्न अस्पतालमा उपचारका लागि ल्याइएको छ। प्रभावित क्षेत्रमा सेना, प्रहरी तथा सशस्त्र प्रहरीको ठूलो टोली परिचालन गरी खोजी तथा उद्धार कार्य जारी राखिएको छ।

प्रहरीका अनुसार ३९१ विदेशी र ९३ नेपाली पर्यटकसमेत सम्पर्कविहीन छन्। भन्सार, अध्यागमन तथा बैंकका कर्मचारी पनि सम्पर्कविहीन रहेको जनाइएको छ।

बेपत्ताको यकिन विवरण संकलन तथा खोजी–उद्धार कार्य बिहीबार पनि जारी रहने जनाइएको छ।

#ArghakhanchiCom #रसुवा #बाढी #नेपालप्रहरी #सुरक्षाकर्मी #उद्धार #BreakingNews