
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण हालसम्म ४७७ जनाको शव फेला परेको छ ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार अहिलेसम्म ४७७ जनाको शव फेला परेको हो । जसमा रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १८६, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ ।


त्यसैगरी, बाढीबाट रसुवामा ४३ जना, धादिङमा ३ जना र नुवाकोटमा २७ जना घाइते भएका छन् ।

यसैबीच, रसुवाका विभिन्न स्थानमा कार्यरत प्रहरीमध्ये २८ जना सम्पर्कमा नआएको नेपाल प्रहरीले जानकारी दिएको छ । त्यस्तै नेपाली सेनाका ४५ जना, सशस्त्रका १३ जना, भन्सार कार्यालयका १५ जना, अध्यागमनका ४ जनासहित कुल ९७७ जना सम्पर्क विहिन रहेको प्राधिकरणले जानकारी दिएको छ ।
अहिलेसम्म विभिन्न जिल्लाबाट ३ हजार २५३ जनाको उद्धार गरेको जानकारी दिएको छ । त्यस्तै हाल राहत र उद्धारमा नेपाल प्रहरीका ७ हजार २५०, नेपाली सेनाका ४२ सय र सशस्त्रका ३६५८ जना गरि १५ हजार १०८ जना सुरक्षाकर्मी खटिएको प्राधिकरणले जानकारी दिएको छ ।





