नेपाल चेम्बरले प्रहरीलाई दियो १७ वटा निगरानी ड्रोन

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई प्रभावकारी बनाउन नेपाल प्रहरीलाई १७ वटा निगरानी ड्रोन हस्तान्तरण गरेको छ ।

शुक्रबार प्रहरी प्रधान कार्यालय पुगेर चेम्बरका वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन परिषद्का सभापति दीपकुमार मल्होत्राले प्रहरीलाई ड्रोन हस्तान्तरण गरेका हुन् । हस्तान्तरण गरिएका ड्रोनमध्ये दुईवटा माभिक फोर प्रो, पाँचवटा एयर थ्री एस, दुईवटा मिनी फाइभ प्रो प्लस, छवटा लिटो वान प्लस र दुईवटा लिटो एक्स वान रहेका छन् ।

चेम्बरका अनुसार कठिन भौगोलिक तथा जोखिमयुक्त क्षेत्रमा मानिसको पहुँच सीमित हुने भएकाले ड्रोनमार्फत प्रभावित क्षेत्रको निगरानी, अवस्था पहिचान तथा खोजी–उद्धारमा महत्वपूर्ण सहयोग पुग्नेछ ।

चेम्बरले यसअघि पनि विदुर नगरपालिकालाई दुईवटा ड्रोन र प्रभावित क्षेत्रमा सञ्चार तथा अत्यावश्यक विद्युतीय उपकरण सञ्चालनका लागि १२५ वटा पावर बैंक उपलब्ध गराइसकेको जनाएको छ । रसुवा, नुवाकोट र धादिङलगायत प्रभावित जिल्लामा राहत सामग्री तथा नगद सहयोगसमेत गर्दै आएको चेम्बरले जनाएको छ ।

अन्य समाचारहरु