भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु

रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ज्यान गुमाई विभिन्न जिल्लाका नदी तटीय क्षेत्रमा फेला परेका १०२ जनाको शव पहिचान, डीएनए नमूना सङ्कलन र पोस्टमार्टमका लागि कास्कीको पोखरा लगिएको छ ।

धादिङ, गोरखा, तनहुँ र पूर्वी नवलपरासी लगायतका जिल्लामा भेटिएका शवहरू त्यहाँ परीक्षण र व्यवस्थापन गर्ने पर्याप्त सुविधा नभएपछि कास्की जिल्ला प्रशासन कार्यालयको समन्वयमा पोखरा लगिएको हो ।

जिल्ला प्रशासन कार्यालयकाअनुसार बिहीवार राति मात्रै पूर्वी नवलपरासीबाट ४१, धादिङबाट २७, तनहुँबाट २३ र गोरखाबाट ११ वटा शव पोखरा पु¥याइएको छ ।