
बैतडी। बैतडीमा सर्पको टोकाइबाट बैतडीमा एक बालिकाको ज्यान गएको छ। पञ्चेश्वर गाउँपालिका–४ का लोकेन्द्रबहादुर चन्दकी १२ वर्षीया छोरी सुस्मिता चन्दको सर्पको टोकाइबाट ज्यान गएको हो।
बिहीबार साँझ करिब ६ बजे घरमै खेलिरहेको अवस्थामा आँगनमा सर्पले टोकेपछि सुस्मिता गम्भीर घाइते भएकी थिइन्। उनलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको थियो।


अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक सुरज सिंहले जानकारी दिए।

मृतक सुस्मिता पञ्चेश्वर गाउँपालिका–४ स्थित टाँक तिलकपुर माध्यमिक विद्यालयमा अध्ययनरत थिइन्।




