अड्रे वेरो ८०० मिटर दाैडकाे विश्व कीर्तिमान नजिक, ०.४ सेकेन्डले मात्र पछाडी

जुरिच, १३ भदौं । युरोपेली च्याम्पियन स्विस धाविका अड्रे वेरो एथलेटिक्सको सबैभन्दा पुरानो ‘आउटडोर’ विश्व कीर्तिमान तोड्न निकै नजिक पुगेकी छिन्।

जुरिच डायमन्ड लिग अन्तर्गत ८०० मिटर दौडमा २५ हजार दर्शकको उत्साहजनक साथ पाएकी २२ वर्षीया वेरोले १ः५३ः७० को समय दौड पुरा गर्दै स्वर्ण पदक भने जित्न सफल भएकी छिन ।

यो समय ४३ वर्षअघि जार्मीला क्राटोचभिलोभाले कायम गरेको १ मिनेट ५३.२८ सेकेन्डको विश्व कीर्तिमानभन्दा ०.४ सेकेन्डभन्दा केही बढी मात्र रहेको हो, उनी ०.५ सेकेन्ड मात्रै अगाडी भएको भए ४३ बर्ष अघि कायम भएको बिश्वकिर्तिमान तोडने अवस्था थियो ।

दौडको अन्तिम १०० मिटरमा पुग्दा वेरो विश्व कीर्तिमानका लागि तोकिएको गति सूचक बत्ती अर्थात पेसिङ लाइट सँगसँगै जस्तै दौडिरहेकी थिइन्। यद्यपि, अन्तिम चरणमा आवश्यक गति कायम राख्न नसक्दा उनी कीर्तिमान बनाउनबाट थोरैले मात्रै चुक्न पुगिन्। तर, पनि इतिहासकै तेस्रो सबैभन्दा छिटो समय निकाल्दै उनले आफ्नो व्यक्तिगत उत्कृष्ट प्रदर्शनमा ०.१ सेकेन्डको सुधार गरेकी छिन्।

दौडपछि प्रतिक्रिया दिँदै वेरोले भनिन्, ‘विश्व कीर्तिमानको प्रतिस्पर्धा निकै कडा थियो। मैले पेसिङ लाइट देखेकी थिएँ तर ट्र्याकमा धेरै हलचल थियो। आज कीर्तिमान सम्भव नभए पनि १ः५४ भन्दा कम समयमा दौडन पाएकोमा मलाई गर्व छ।’

पढाइ सकेर पूर्ण रूपमा ट्र्याकमा ध्यान केन्द्रित गरेकी वेरोले आफ्नो खेल जीवनमा लगातार सुधार गर्दै आएकी छिन्। ८०० मिटर दौडको इतिहासमा सबैभन्दा छिटो १० समय मध्ये चारवटा उनकै नाममा रेकर्ड रहेको छ, जुन सबै उनले यसै गर्मीयाममा कायम गरेकी हुन्।

यता, बर्मिङ्घममा वेरोसँग पराजित भई रजत पदक जितेकी बेलायतकी ओलम्पिक च्याम्पियन केली हड्किन्सन थकाइका कारण यस प्रतियोगिताबाट पछि हटेकी थिइन्। वेरोको यो सानदार प्रदर्शनले केलीका लागि समेत आगामी दिनमा चुनौती अझ थपिएको संकेत गरेको छ।

युरोपेली ८०० मिटर दौडकी च्याम्पियन अड्रे वेरोले एथलेटिक्सको सबैभन्दा पुरानो र विवादास्पद विश्व कीर्तिमानमध्ये एकलाई तोड्ने आत्मविश्वास व्यक्त गरेकी छिन्। तत्कालीन चेकोस्लोभाकियाकी जार्मीला क्राटोचभिलोभाले सन् १९८३ मा १ मिनेट ५३.२८ सेकेन्डको समय निकालेकी थिइन् र यो कीर्तिमान विगत ४३ वर्षदेखि कसैले तोड्न सकेको छैन।

images