रसुवा बाढीः मृतक ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष, २२ बालिका र २० बालक,२ सय ११ वटा आंशिक मानव अङ्ग फेला

मुलुकका विभिन्न स्थानमा आएको विपद्मा परी हालसम्म ६६९ जनाको मृत्यु भएको छ भने २ हजार ३६२ जना अझै बेपत्ता छन् । नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायव महानिरीक्षक (डीआईजी) अविनारायण काफ्लेले शनिवार न्युज एजेन्सी नेपालसँग कुरा यसबारे जानकारी दिनुभएको हो ।

प्रहरीको तथ्याङ्कअनुसार मृत्यु हुने ६ सय ६९ जनामध्ये १ सय ४८ महिला, २ सय ६८ पुरुष, २२ बालिका र २० बालक रहेका छन् ।

यसैगरी २ सय ११ वटा आंशिक मानव अङ्गहरू फेला परेका छन् ।

फेला परेका शवमध्ये २० वटा पहिचान पश्चात कानूनी प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तलाई हस्तान्तरण गरिसकिएको छ । बेपत्ता हुनेहरूको सङ्ख्या २ हजार ३ सय ६२ पुगेको छ । यसमध्ये १ हजार ८ सय ६३ जना नेपाली नागरिक (१ हजार ५ सय ९१ पुरुष र २ सय ६४ महिला) रहेका छन् भने ५ सय २३ जना विदेशी नागरिक (२ सय २३ पुरुष र ३ सय महिला) बेपत्ता छन् ।