
दोस्रो विश्वयुद्धका क्रममा जापानी सेनाले आफ्नै सैनिकहरूमाथि लामखुट्टेबाट सर्ने रोगहरूको अमानवीय परीक्षण गरेको तथ्य सार्वजनिक भएको छ ।
चीनको हेलुङजियाङ प्रान्तको राजधानी हार्बिनस्थित जापानी सेनाको युनिट ७३१ द्वारा गरिएका अपराधका प्रमाणहरू संकलित प्रदर्शनी केन्द्रले बिहीवार सार्वजनिक गरेको नयाँ अध्ययन प्रतिवेदनले यस्तो खुलासा गरेको हो ।


अध्ययनकाअनुसार दोस्रो विश्वयुद्धको समयमा चीनमा रहेका जापानी सेनाका दुई प्रमुख जैविक युद्ध एकाइहरू–हार्बिनस्थित ‘युनिट ७३१’ र बेइजिङस्थित ‘युनिट १८५५’–का साथै जापानका अन्य सैन्य चिकित्सा संस्थाहरूले लामखुट्टे, उपियाँ र झिंगा प्रयोग गरी कीटाणुजन्य हतियारको अनुसन्धान गरेका थिए ।





