आजको राशिफलः आज बिसं २०८३ भदौं १४ गते आईतवार, ईसं २०२६ अगस्त ३०, ऋृतुः बर्षा, अयानः दक्षिणायन, नेपाल सम्बत ११४६ गुँलागा द्वितीया, भाद्र कृष्ण पक्ष

आजको राशिफलः बिसं २०८३ भदौं १४ गते आईतवार

आजको राशिफलः बिसं २०८३ भदौं १४ गते आईतवार, ईसं २०२६ अगस्त ३०, ऋृतुः बर्षा, अयानः दक्षिणायन, नेपाल सम्बत ११४६ गुँलागा द्वितीया, भाद्र कृष्ण पक्ष, भाद्र कृष्ण द्वितीया, नक्षत्रः उत्तरभाद्र, चन्द्रमा मीन राशीमा, सुर्य सिंह राशीमा, योगः धृती, करणः गर । आज नेपालमा सुर्योदय बिहान ५ः४२ मिनेटमा र सूर्यास्त साँझ ०६ः२५ मिनेटमा हुनेछ।

आज कुनै महत्वपूर्ण कार्यका लागि बाहिर निस्कनु पर्दा नौनी घिउ खाएर जुन सुकै दिशाको यात्रा गरे पनि शुभ फल प्राप्त हुनेछ। आज कुनै महत्वपूर्ण कार्यको शुरुवात वा शुभ यात्रामा निस्कदा आजका लागि शुभ समय बिहान ६ बजेर ०८ मिनेटदेखि ९ बजेर ३४ मिनेट सम्म रहेको छ । यो समय नेपालको राष्ट्रिय समयमा आधारित छ।

मेषः (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

नयाँ अवसरको पूर्ण लाभ लिन सक्नुहुनेछ। मेहनतले पुराना समस्याहरू सुल्झिनेछन्। खानपान र स्वादिष्ट भोजनको आनन्द मिल्नेछ। (शुभ रंगः सेतो, शुभ अंकः ७)

 

वृषः (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
परिस्थिति अनुकूल रहनेछ र बोलीको प्रभावले रोकिएका कामहरू सिद्ध हुनेछन्। समाजमा तपाईँको विचारको कदर हुनेछ। (शुभ रंगः हरियो, शुभ अंकः २०)

 

मिथुनः (का, कि, कु, घ, ङ, छ, के, को, ह)
घरपरिवारमा मेलमिलापको वातावरण बन्नेछ। आफन्त तथा विश्वासपात्रको सहयोगले आत्मबल बढ्नेछ। सम्भव भएसम्म टाढाको यात्रा नगर्नुहोला। (शुभ रंगः हरियो, शुभ अंकः ६)

images

 

कर्कटः  (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ र गोप्य योजनाहरू सफल बन्नेछन्। सन्तानका तर्फबाट शुभ समाचार पाइनेछ भने आम्दानीका नयाँ स्रोतहरू पहिल्याउन सकिनेछ। (शुभ रंगः हरियो, शुभ अंकः ३)

images

 

सिंहः (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
कार्यक्षेत्रमा नयाँ जिम्मेवारी थपिने सम्भावना छ। विद्यार्थी वर्गका लागि अध्ययन(अध्यापनमा सफलता मिल्नेछ। व्यापारिक यात्रा फलदायी हुनेछ। (शुभ रंगः निलो, शुभ अंकः ४)

images

कन्याः (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
कार्यक्षेत्रमा समयमै कामहरू सम्पादन हुनेछन्। शुभचिन्तकहरूको साथ र सहयोगले अधुरा कामहरू पुनः प्रारम्भ हुनेछन्। (शुभ रंगः पहेँलो, शुभ अंकः ७)

 

तुलाः (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

परिवारको साथ र सहयोगले मन प्रसन्न रहनेछ। धार्मिक वा सामाजिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। व्यवसायमा निर्णय लिँदा विचार पुर्‍याउनुहोला। (शुभ रंगः निलो, शुभ अंकः ७)

Nepal life insurance

 

वृश्चिकः (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

अनावश्यक शङ्का(उपशङ्काबाट टाढा रहनुहोला। उच्च अधिकारीहरूसामु आफ्नो क्षमता प्रदर्शन गर्ने मौका मिल्नेछ। स्वास्थ्यमा भने ध्यान दिनुहोला। (शुभ रंगः रातो, शुभ अंकः १)

 

धनुः (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
हतारमा नयाँ कामको थालनी नगर्नुहोला। पुराना कामहरूलाई नै निरन्तरता दिनु राम्रो हुनेछ। अरूको आश्वासनमा परेर निर्णय नलिनुहोला। (शुभ रंगः नीलो, शुभ अंकः ६)

 

मकरः (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

कार्य क्षेत्रमा समयमै काम पूरा हुनाले मन प्रसन्न रहनेछ। पुराना उपलब्धीले नोकरी वा पेसामा पदोन्नतिका लागि मद्दत पुर्‍याउनेछन्। (शुभ रंगः खैरो, शुभ अंकः ८)

 

कुम्भः (गु, गे, गो, सा, सि, सु, से, सो, द)

आफ्नो क्षमताले अरूलाई प्रभावित पार्न सकिनेछ। नयाँ काम वा व्यवसाय सुरु गर्ने राम्रो समय छ। सम्बन्धहरूमा प्रेम र विश्वास बढ्नेछ। (शुभ रंगः पहेँलो, शुभ अंकः ३)

 

मीनः (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

नयाँ काम वा यात्रा गर्दा विशेष सजगता अपनाउनुहोला। सामाजिक क्षेत्रमा प्रभाव र प्रतिष्ठा बढ्नेछ भने वरिष्ठ व्यक्तिहरूको सहयोग प्राप्त हुनेछ। (शुभ रंगः सेतो, शुभ अंकः ७)