विपदमा सरकारलाई साथ दिन्छौं, केन्द्रले प्रदेश र स्थानीय तहसँग समन्वय गरोस्- गगन थापा

काठमाडौँ । नेपाली काँग्रेसका सभापत गगन थापाले विपदको अहिलेको समयमा सरकारसँग काधमा काध मिलाएर अगाडी बढ्ने बताएका छन् ।

आइतबार भोटेकोशी बाढीपछि उत्पन्न विपत व्यवस्थापनमा नेपाली कांग्रेसले अहिले गरिरहेको काम र स्थलगत जानकारीसहित अबको योजनाका बारेमा पार्टी केन्द्रीय कार्यालय सानेपामा भएको छलफलमा आफ्नो धारणा राख्दै राहत र उद्धारका क्रममा सरकारलाई साथ दिने बताउदै सरकारको तर्फबाट भएका कमीकमजोरीको विषय पनि जोडदार रुपमा उठाउने बताएका हुन् ।

सभापति थापाले केन्द्र सरकारले प्रदेश र स्थानीय सरकारहरुसँग समन्वय नगरेको कुरा प्रष्टसँग आएको बताउदै समन्वय बिना राहत र उद्धार प्रभावकारी नहुने बताए । उनले राहत स्थानीय तहले वितरण गर्दा नै प्रभावकारी हुने भन्दै स्थानीय सरकारलाई बाइपास गरेर काम गर्न नसकिने स्पष्ट गरे ।

साथै सभापति थापाले विपदको समयमा पार्टीका सबै नेता कार्यकर्ताहरुलाई सामाजिक संजालमा असंबेदनशील विषय पोष्ट नगर्न निर्देशन दिएका थिए ।