विपद् व्यवस्थापनका लागि काठमाडौँ महानगरले हेल्प डेस्क सञ्चालनमा ल्यायो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले रसुवाको भोटेकोशी बाढी प्रभावितलाई सहयोग गर्न राष्ट्रिय सभा गृहमा विपद् व्यवस्थापन हेल्प डेस्क तथा सूचना केन्द्र सञ्चालनमा ल्याएको छ ।

केन्द्रले सहयोग गर्न इच्छुक व्यक्ति, कम्पनी तथा संस्थालाई प्रभावितको आवश्यकताअनुसार सहयोग उपलब्ध गराउन सहजीकरण गर्ने र साथै प्रभावित क्षेत्रको क्षति तथा आवश्यकतासम्बन्धी विवरण सङ्कलन गरी सूचना र समन्वय गर्ने महानगरले जनाएको छ ।

महानगरले नगद सहयोग गर्न चाहनेलाई प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा राहत कोषमा रकम जम्मा गर्न आग्रह गरेको छ। जिन्सी सामग्री वा सेवा उपलब्ध गराउन चाहनेलाई स्थानीय आवश्यकताका आधारमा प्रभावितसम्म पुर्‍याउन सहजीकरण गरिने जनाएको छ । हेल्प डेस्कमा ०१–५३४०८८० मा सम्पर्क गर्न सकिने महानगरले जानकारी दिएको छ ।