रसुवा बाढीः विदेशीसहित ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन, हाइड्रोपावरका मात्रै ९ सय ३३

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परी विदेशी पर्यटकसहित जम्मा ४ हजार ४ सय ७२ जना सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ । आईतवार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै केन्द्रिय प्रहरी प्रवक्ता अविनारायण काफ्लेले यस्तो बताउनुभएको हो ।

उहाँकाअनुसार सम्पर्कविहीन हुनेमा २५ जना प्रहरी समेत रहेकोमा ३ जना मृत फेला परि सनाखत समेत भइसकेको छ ।

उहाँले सम्पर्कविहीन हुने कर्मचारीहरुमा भन्सार कार्यालयका १५, अध्यागमनका चार, आठ वटा बैंक शाखाका २६, लाङटाङ राष्ट्रिय निकुञ्जका तीन तथा आठ हाइड्रोपावरका ९ सय ३३ जना रहेका छन् ।

प्रवक्ता काफ्लेले रसुवाबाट ५ सय ६२, नुवाकोटबाट १ सय १५, मकवानपुरबाट ६५ र सिन्धुपाल्चोकबाट २ सय २५ जना सम्पर्कविहीन भएको विवरण प्राप्त भएको बताउनु भयो ।