
नुवाकोट। नेपाली कांग्रेसका सभापति गगन थापाले भोटेकोशीमा आएको बाढीबाट प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरेका छन् ।
सोमबार बाढीले पुर्याएको क्षति र पीडितहरूको अवस्था प्रत्यक्ष रूपमा बुझ्न उनी सोमबार त्यहाँ पुगेका हुन् । सभापति थापाले नुवाकोटको देविघाट, गौरीबेसी, तारुकाघाटको दर्शन टारलगायत भैरुमकोट माबिमा बनाइएको होल्डिङ सेन्टरको समेत अनुगमन गरेका छन् । सो क्रममा उनले बाढीबाट प्रभावित भएकाहरुको गुनासो र समस्या समेत सुनेका थिए ।


यसअघि सभापति थापाले धादिङको गल्छीस्थित पुल पारी कोल्पुटार लगायतका बाढी प्रभावित क्षेत्रको निरीक्षण गरेका थिए ।

अनुगमनका क्रममा थापाले बाढीले पुर्याएको भौतिक क्षति, खेतीयोग्य जमिनको अवस्था र विस्थापित भएका परिवारहरूको समस्याबारे जानकारी लिएको काँग्रेस नेता जगदिश्वर नरसिंह केसी जानकारी दिए ।





