– नवराज पोखरेलयसको मुख्य कारण बुधबार यहाँको सर्वोच्च अदालतले उनलाई भ्रष्टचार गरेको आरोपमा २ वर्षको जेल सजाय सुनाएको थियो। यस किसिमको सजाय पाउने नस्तासे पहिला रोमानियन उच्च ओहदाका व्यक्ति हुन। नस्तासे रोमानियामा ४ वर्ष प्रधान मन्त्री हुनुका साथै संसदको सभामुख, सत्तामा रहेको पार्टीका अध्यक्षसमेत थिए र अदालतमा छ वर्षदेखि चलिआएको उक्त केशमा बुधबार अन्तिम फैसला भएको थियो।
बुधबार साँझै पुलिसले उनलाई समात्नुअघि पुलिसकै अगाडि कन्चटमा गोली हानी आत्महत्या गर्न चाहेका थिए तर तुरुन्तै उनलाई नाजुक स्थितिमा अस्पतालमा पुर्याइएपछि अहिले उनलाई बचाउने क्रममा इमर्जेन्सीमा अप्रेसन भइरहेको छ।



