आजको नेपालः पहिलो पटक लोकसेवा आयोगको बिज्ञापन प्रकाशित

काठमाडौं, १८ भदौं । नेपालको इतिहासमा भदौ १८ गते जोडिएका मुख्य ऐतिहासिक तथा महत्त्वपूर्ण घटनाहरू निम्नानुसार रहेका छन् ।

लोक सेवा आयोगको पहिलो विज्ञापन (वि.सं. २००८) : नेपालमा निजामती कर्मचारी चयनका लागि लोक सेवा आयोग (तत्कालीन पब्लिक सर्भिस कमिसन) ले आफ्नो इतिहासमै पहिलोपटक ६ वटा पदका लागि विज्ञापन प्रकाशित गरेको थियो।

इराक हत्याकाण्ड र काठमाडौँमा प्रदर्शन जारी (२०६१):  वैदेशिक रोजगारीका लागि इराक पुगेका १२ जना नेपाली श्रमिकको हत्या भएको खबर सार्वजनिक भएपछि त्यसको विरोधमा काठमाडौँ लगायतका क्षेत्रमा ठुलो आन्दोलन र तोडफोड भएको थियो। नेपालको इतिहासमा यो दिनलाई कालो दिनका रूपमा पनि सम्झिने गरिन्छ।

पल्सर स्पोर्ट्स अवार्ड (२०८१) : नेपाल खेलकुद पत्रकार मञ्चले आयोजना गर्ने २१ औँ संस्करणको ‘पल्सर स्पोर्ट्स अवार्ड २०८०’ काठमाडौँमा सम्पन्न भएको थियो।