
काठमाडौँ । भारतले बाढी प्रभावित नेपालका लागि थप २१.५ टन राहत सामग्री पठाएको छ।
भारतले दुईवटा सी–१३० जे विमानमार्फत फरेन्सिक परीक्षणसम्बन्धी सामग्री तथा औषधिजन्य सामग्रीसहितको राहत सहायता नेपाल पठाएको हो ।


थप सहायता सामग्रीले नेपालमा जारी उद्धार तथा राहत कार्यलाई थप सुदृढ बनाउनुका साथै बाढी प्रभावित समुदायलाई आवश्यक सहयोग पुर्याउन मद्दत गर्ने भारतले जनाएको छ ।

योसँगै भारतले अहिलेसम्म सातवटा उडानमार्फत राहत सामग्री र विशेषज्ञसहितको उद्धार टोली नेपाल पठाएको छ ।




