
अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ चुत्राबेसीमा ‘सुजन मार्ट’ आजदेखि औपचारिक रूपमा सञ्चालनमा आएको छ। लामो समयदेखि सन्धिखर्कमा व्यवसाय सञ्चालन गर्दै आउनुभएका भूमिकास्थान नगरपालिकाका संस्थापक नगरप्रमुख तथा व्यवसायी रेशम थापाका सुपुत्र सुजन थापाले नयाँ व्यवसायका रूपमा मार्ट सञ्चालनमा ल्याउनुभएको हो।


सुजन मार्टबाट सर्वसाधारणलाई दैनिक आवश्यक पर्ने खाद्य तथा ग्रोसरी सामग्री सुपथ मूल्यमा उपलब्ध गराउने लक्ष्य राखिएको सञ्चालक रेशम थापाले बताउनुभयो।


उहाँका अनुसार मार्टमा अन्य पसल तथा मार्टको तुलनामा सस्तो र प्रतिस्पर्धी मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराइनेछ। ग्राहकले मार्टमा आएर मूल्य र गुणस्तरको प्रत्यक्ष अनुभव गर्न सक्ने उहाँको भनाइ छ।
‘ग्राहकलाई सस्तो मूल्यमा गुणस्तरीय सामग्री उपलब्ध गराउनु हाम्रो मुख्य उद्देश्य हो,’ थापाले भन्नुभयो, ‘सुरुदेखि कायम गर्ने यो विश्वास र सेवाको निरन्तरतालाई आगामी दिनमा पनि प्राथमिकतामा राखिनेछ।’


मार्टका सञ्चालक सुजन थापाले ग्राहकको विश्वासलाई पहिलो प्राथमिकतामा राख्दै दैनिक उपभोग्य सामग्री सहज र सुपथ मूल्यमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले ग्राहकको आवश्यकता र सुझावलाई आत्मसात् गर्दै मार्टको सेवा थप व्यवस्थित र विस्तार गर्दै लैजाने बताउनुभयो।


सुजन मार्ट सञ्चालनमा ल्याउने रेशम थापा अर्घाखाँचीको व्यवसायिक क्षेत्रमा लामो समयदेखि सक्रिय व्यवसायीका रूपमा परिचित हुनुहुन्छ। उहाँले सुजन सप्लायर्समार्फत लामो समयदेखि जिल्लाका ग्राहकलाई गुणस्तरीय तथा सर्वसुलभ सेवा प्रदान गर्दै व्यवसायिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउनुभएको छ।

सोही व्यवसायिक अनुभवलाई नयाँ पुस्तासँग जोड्दै थापाले आफ्ना सुपुत्र सुजन थापालाई व्यवसायमा अघि बढाउने उद्देश्यले करोडौँ रुपैयाँ लगानीमा नयाँ मार्ट सञ्चालनमा ल्याउनुभएको हो।

पछिल्लो समय रोजगारी तथा अवसरको खोजीमा ठूलो संख्यामा युवाहरू विदेशिने क्रम बढिरहेका बेला आफ्नै छोरालाई स्वदेशमै व्यवसायमा आबद्ध गराउँदै उद्यमशीलताको बाटो रोज्न प्रेरित गर्नु सकारात्मक उदाहरणका रूपमा हेरिएको छ।

युवालाई स्वदेशमै व्यवसाय तथा उद्यम सञ्चालन गर्न प्रेरित गर्ने उद्देश्यसमेत सुजन मार्ट स्थापनासँग जोडिएको थापा परिवारको भनाइ छ। स्थानीय बजारको आवश्यकता पहिचान गरी लगानी गर्ने र व्यवसायसँगै रोजगारी तथा आर्थिक गतिविधिमा योगदान पुर्याउने लक्ष्य रहेको बताइएको छ।


सुजन मार्टले आगामी दिनमा ग्राहकको मागअनुसार दैनिक उपभोग्य खाद्य सामग्री तथा ग्रोसरीका थप सामग्री उपलब्ध गराउँदै सेवाको दायरा विस्तार गर्ने जनाएको छ।

नयाँ पुस्ताको सक्रियता, पुरानो पुस्ताको अनुभव र स्थानीय बजारको आवश्यकतालाई जोडेर सञ्चालनमा आएको सुजन मार्टले चुत्राबेसी तथा आसपासका उपभोक्तालाई एउटै स्थानबाट आवश्यक सामग्री सुपथ मूल्यमा उपलब्ध गराउने अपेक्षा गरिएको छ।

स्थान : सन्धिखर्क नगरपालिका–२, चुत्राबेसी
सुजन मार्ट — गुणस्तरीय सामग्री, सुपथ मूल्य र ग्राहकको विश्वासलाई प्राथमिकता







