भोटेकोशी बाढीको ११औँ दिनमा बेत्रावतीबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार

नुवाकोट । रसुवाको भोटेकोशी नदीमा भीषण बाढी आएको ११औँ दिनमा नुवाकोटको बेत्रावती बजारस्थित एक घरबाट ६४ वर्षीया चन्द्रिका श्रेष्ठको उद्धार गरिएको छ ।

नुवाकोटको विदुर नगरपालिका–१० की श्रेष्ठलाई बेत्रावती बजारस्थित आनन्द श्रेष्ठको घरबाट सशस्त्र प्रहरी बलको टोलीले उद्धार गरेको हो ।

उद्धारका क्रममा श्रेष्ठ भेटिएकी थिइन् । उद्धारपछि उनलाई हेलिकोप्टरमार्फत त्रिशूलीस्थित नेपाली सेनाको मैथिली ब्यारेकमा ल्याइँदैछ । मैथिली ब्यारेकमा प्रारम्भिक उपचार गरिने र स्वास्थ्य अवस्था तथा आवश्यकताअनुसार थप उपचारका लागि काठमाडौं लगिने तयारी गरिएको छ ।