सलमान खानकी पूर्व प्रेमिका कैटरीना कैफ साहिद कपुरबीच प्रेम


 

– एजेन्सी

 

मुम्बई – आफ्नो पूर्व प्रेमीका अरु कोही केटासँग प्रेममा परेको सुनियो भने के होला? पक्कै असहैया हुन्छ। यस्तै भएको छ, बलिउड स्टार सलमान खानलाई। उनको पूर्व प्रेमिका कैटरीना कैफ साहिद कपुरसँग प्रेममा परेपछि उनको टाउको दुखाई भएको छ। नवभारत टाइम्सका अनुसार सलमान अहिले साहिदलाई सिधा आँखाले हेर्न सक्दैनन्।


 

प्रभुदेवाको आगामी फिल्म नमकमा यी जोडीसँगै देखिएपनि सलमानलाई के थाहा यी दुइबीचको सम्बन्ध। नमकमा कैटरीना आउने पक्का भएपछि साहिद निकै उत्साहित छन्। कैटरीना र साहिद पहिलोचोटी एकैसाथ फिल्ममा खेल्न लागेका हुन्। फिल्ममा दुवै मिलेर धमका मचाउन लागेको नवभारतले जनाएको छ।


२००७ मा राजकुमार सन्तोषीले आफ्नो फिल्ममा यी दुईलाई मुख्य भूमिकामा खेलाउने भनिएपनि अन्तिम समयमा आएर रोकिएको थियो। पटकपटक बलिउड फिल्म निर्माताले दुइलाई लिएर फिल्म बनाउने बताएपनि अलिहेसम्म दुवैले सँगै फिल्म खेलेका थिएनन्।


लागु औषधको प्रचलनबारे बनाउन लागिएको नमकमा साहिद एक्सन हिरोको रूपमा देखिँदै छन्। सुत्रले बताए अनुसार साहिदसँगै फिल्म खेल्न पाउने भएपछि कैटरीना पनि निकै उत्साहित छिन्। फिल्मको सुटिङ्ग आउँदो जनवरीपछि मात्रै हुने बताइएको छ।