विश्वमा आजः ओपेकको स्थापना देखी राष्ट्र संघमा स्विटजरल्याण्डको प्रवेशसम्म

काठमाडाैं, २५ भदाैं । विगतका विभिन्न वर्षहरूमा सेप्टेम्बर १० का दिन विश्व इतिहासमा घटेका केही प्रमुख राजनीतिक, वैज्ञानिक तथा ऐतिहासिक घटनाहरू यस प्रकार छन्:

सिलाई मेसिनको पेटेन्ट दर्ता (१८४६): अमेरिकाका एलियास हाउले आधुनिक सिलाई मेसिनको पेटेन्ट अधिकार प्राप्त गरेका थिए।

अस्ट्रियाकी महारानी एलिजाबेथको हत्या (१८९८): अस्ट्रियाकी महारानी तथा हंगेरीकी रानी एलिजाबेथको स्वीट्जरल्यान्डको जेनेभामा इटालियन अराजकतावादीद्वारा हत्या गरिएको थियो।

ओपेकको स्थापना सम्मेलन (१९६०): इराकको बग्दादमा आयोजना गरिएको ५ दिने सम्मेलन पश्चात् तेल निर्यातक देशहरूको संगठन ‘ओपेक’ को स्थापना प्रक्रिया सुरु भएको थियो।

 

गिनी-बिसाउको स्वतन्त्रता (१९७४): पश्चिम अफ्रिकी मुलुक गिनी-बिसाउले पोर्चुगलबाट औपचारिक रूपमा पूर्ण स्वतन्त्रता प्राप्त गरेको थियो।

 

गिलोटिनमार्फत अन्तिम मृत्युदण्ड (१९७७): फ्रान्समा गिलोटिन यन्त्र प्रयोग गरी अन्तिम पटक मृत्युदण्ड (हमिदा जान्दुबीलाई) दिइएको थियो।

 

images

स्वीट्जरल्यान्ड संयुक्त राष्ट्रसंघको सदस्य (२००२): लामो समयदेखि तटस्थ रहँदै आएको राष्ट्र स्वीट्जरल्यान्ड औपचारिक रूपमा संयुक्त राष्ट्रसंघको १९० औँ पूर्ण सदस्य बनेको थियो।

 

images

लभार्ज ह्याड्रन कोलाइडर सञ्चालन (२००८): स्वीट्जरल्यान्ड र फ्रान्सको सीमामा निर्मित विश्वकै सबैभन्दा ठूलो भौतिकशास्त्र प्रयोगशाला ‘लार्ज ह्याड्रन कोलाइडर’ पहिलो पटक सफलताका साथ सञ्चालनमा ल्याइएको थियो।