
काठमाडाैं, २७ भदाैं । नेपालको इतिहासमा भदौ २७ गते राजनीतिक तथा संवैधानिक दृष्टिले महत्त्वपूर्ण घटनाक्रमहरू घटेका छन्, यसैदिन शेरबहादुर देउवा र सुशिला कार्की पहिलाे पटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
२०५२ः शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री): एमालेका तत्कालीन प्रधानमन्त्री मनमोहन अधिकारीले संसद्मा विश्वासको मत गुमाएपछि २०५२ भदौ २७ (१२ सेप्टेम्बर १९९५) गते नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पहिलोपटक नेपालको प्रधानमन्त्री नियुक्त भएका थिए। उनले नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेपाल सद्भावना पार्टी सम्मिलित गठबन्धन सरकारको नेतृत्व गरेका थिए।


२०८२ः (अन्तरिम सरकारको गठन): भदौ २३ र २४ गते भएको ‘जेनजी आन्दोलन’ पश्चात् उत्पन्न विषम राजनीतिक परिस्थितिलाई साम्य पार्न पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा स्वतन्त्र व्यक्तिहरू सम्मिलित अन्तरिम सरकार गठन भई उनले प्रधानमन्त्रीको शपथ ग्रहण गरेकी थिइन्। यो घटनासँगै प्रतिनिधिसभा विघटन भई नयाँ आमनिर्वाचनको बाटो खुलेको थियो।





