आज विश्व प्राथमिक उपचार दिवस, बिभिन्न कार्यक्रम गरी मनाइदैँ

काठमाडाैं, २७ भदाैं  । आज  विश्व प्राथमिक उपचार दिवस प्रत्येक वर्ष सेप्टेम्बर महिनाको दोस्रो शनिबार मनाइने एउटा महत्त्वपूर्ण अन्तर्राष्ट्रिय दिवस हो। रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तर्राष्ट्रिय महासंघले सन् २००० देखी यो दिवस मनाउन सुरु गरेको हो।

याे बर्ष ‘विस्थापन तथा आप्रवासनको सन्दर्भमा प्राथमिक उपचार’ रहेको छ। जस अनुसार यो नाराले देशान्तरण, आप्रवासन वा विस्थापनमा परेका तथा शरणार्थी वा जोखिममा रहेका व्यक्तिहरूका लागि पनि प्राथमिक उपचार र आपत्कालीन स्वास्थ्य सेवाको सहज पहुँच सुनिश्चित हुनुपर्छ भन्ने सन्देश दिएकाे छ । आज नेपाल देखी विश्वभरी नै बिभिन्न कार्यक्रम गरि मनाइदैँछ ।

कुनै पनि दुर्घटना वा आकस्मिक स्वास्थ्य समस्या पर्दा अस्पताल लैजानुअघि दिइने प्रारम्भिक उपचारले मानिसको ज्यान जोगाउन सक्छ भन्ने सन्देश फैलाउनु, दैनिक जीवनमा हुन सक्ने चोटपटक, हृदयघात, डुब्ने, पोल्ने वा सडक दुर्घटनामा कसरी तत्काल प्राथमिक उपचार गर्ने भन्नेबारे आम नागरिकलाई शिक्षित बनाउनु, समुदाय तथा घरपरिवारमा कम्तीमा एक जना व्यक्ति प्राथमिक उपचारमा दक्ष होस् भन्ने जस्ता वातावरण सिर्जना गर्नु यसकाे मुख्य उदेश्य हाे ।

जसअनुसार प्राथमिक उपचारका मूल सिद्धान्तहरू तय गरिएका थिए , पीडित व्यक्तिको ज्यान जोगाउनु पहिलो प्राथमिकता मान्नु, घाइते वा बिरामीको अवस्था अझ जटिल वा खराब हुन नदिन आवश्यक उपाय अपनाउनु,

अस्पताल वा चिकित्सकको पहुँचमा नपुगुञ्जेल पीडितलाई सामान्य स्थितिमा ल्याउन वा निको हुन मद्दत गर्नु रहेका छ न।

सामान्य अवस्थामा ध्यान दिनुपर्ने प्राथमिक उपचारका नियमहरू पनि तय गरिएका थिए, जसअनुसार  घटनास्थल आफू र घाइतेका लागि सुरक्षित छ कि छैन पक्का गर्ने,  घाइतेले प्रतिक्रिया दिइरहेको छ वा छैन चेक गर्ने,

तुरुन्तै एम्बुलेन्स वा नजिकैको स्वास्थ्य संस्थामा खबर गर्ने, श्वास फेर्ने नली खुल्ला छ/छैन हेर्ने, छातीको चाल हेरेर श्वास चलेको पक्का गर्ने, श्वास र धड्कन बन्द भएमा छातीमा थिचेर सिपिआर दिने, घाउ भएको ठाउँमा सफा कपडा वा गजले थिचेर रगत बग्नबाट रोक्ने, पोलेको भागमा कम्तीमा १०-१५ मिनेटसम्म सफा चिसो पानी बगाउने। (बरफ वा मलम सिधै नलगाउने)।, प्रभावित अङ्गलाई हलचल नगराई आड दिएर राख्नेजस्ता कार्य गर्नु हाे ।

 

images

प्राथमिक उपचार भनेको डाक्टरी उपचारको विकल्प होइन तर डाक्टरकहाँ पुर्‍याउनु अघिको यो छोटो प्रयासले धेरैको जीवन जोगाउन निर्णायक भूमिका खेल्दछ।