सांसद खगेन्द्र सुनारको अभिव्यक्ति संसदको रेकर्डबाट हटाइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल भदौ २६ गते संसद्‌बाट दिएको अभिव्यक्ति संसदीय अभिलेखबाट हटाइएको छ ।

मंगलबारको प्रतिनिधि सभाको बैठकमा सभामुख डिपी अर्यालले गत २६ भदौमा बसेको प्रतिनिधिसभाको शुन्य समयमा सांसद सुनारले राखेको अभिव्यक्तिको अंश हटाउन निर्देशन दिएका हुन् ।

सभामुखले निर्देशन दिदै भने- ‘माननीय खगेन्द्र सुनारले मिति २०८३ भदौ २६ गतेको बैठकमा ‘कहिल्यै पनि भन्ने वाक्यांशदेखि आरोप गम्भीर हुन्छ’ भन्ने वाक्यांशको बीचको शब्दावली सभाको अभिलेखबाट हटाउन सचिवालयलाई निर्देश गर्दछु ।’

सांसद सुनारले संसदमा भनेको ‘कहिल्लै पनि बाबुलाई छोरीको र पुलिसलाई चोरीको आरो गम्भीर हुन्छ’ वाक्य रेकर्डबाट हटाइएको हो ।

उक्त बैठकको शून्य समयमा सांसद सुनारले प्रहरी महानिरीक्षक कार्कीमाथि करोडौंको भ्रष्टाचार गरेको आरोप लागेको भन्दै बर्खास्त गर्न माग गरेका थिए ।