
सुर्खेत, ३१ भदौ । २०८२ भदौ २४ गते कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा रहेका प्रदेश सरकारका कार्यालय पुनर्निर्माण गर्न प्रदेश सरकार झण्डै एक वर्षपछि तम्सिएको छ ।
प्रदेश सरकारको भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय मातहतको पूर्वाधार विकास कार्यालयले आज ठेक्काको शिलवन्दी खोलेसँगै कार्यालयहरुको पुनर्निर्माण हुने देखिएको हो ।


कार्यालयका सिडिई अनिल तिम्सिनाका अनुसार कार्यालयले मुख्यमन्त्री निवास, प्रदेश सभा भवन, कोलेनिका लगायतका जलाएर ध्वस्त पारिएका संरचना निर्माण गर्ने भएको हो ।


मुख्यमन्त्री निवकास निर्माणकालागि ४० ओटा शिलबन्दी दरभाउपत्र प्राप्त भएका छन् भने अन्य संरचनाका लागि ५४ वटा बोलपत्र दाताले निवेदन दिएको सिडिई तिम्सिनाले जानकारी दिए । उनका अनुसार प्राप्त बोलपत्रकाआधारमा केही दिनमै मूल्यांकन गरी निर्माण कार्य प्रारम्भ गरिने भएको हो ।





