इलाममा जिप दुर्घटनामा चालकको मृत्यु

इलाम । देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप सडकमा पल्टिँदा चालकको घटनास्थलमै मृत्यु भएको छ।

बिहीबार प्रदेश १–०१–००१ ज ३७०६ नम्बरको बोलेरो जिप सडकमा पल्टिँदा देउमाई नगरपालिका–१ चमैताका करिब ३५ वर्षीय चालक तीर्थराज बस्नेत जिपले थिचिएका थिए । उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय मंगलबारेबाट प्रहरी निरीक्षकको नेतृत्वमा घटनास्थल अनुसन्धान टोलीसहितको प्रहरी टोली खटिएको थियो । प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाउनुका साथै दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।