
बाँके । बाँकेको खजुरा गाउँपालिका–२ रिमझिम चोकस्थित भित्री सडकमा विद्युतीय अटो दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
भे.२ ह. २१ नम्बरको अटो अनियन्त्रित भई सडकबाट खेतमा पल्टिँदा चालक मुकेश विक घाइते भएका थिए । उनलाई उपचारका लागि नेपालगन्जस्थित सञ्जीवनी कलेज अफ मेडिकल साइन्सेज अस्पताल लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका हुन् । अटोमा सवार अन्य चार जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।





