
प्रधानमन्त्री बालेन्द्र साहले शहीदहरुको रगतले लेखेको संविधान कामबाट पूरा गर्ने प्रतिवद्धता जनाउनुभएको छ ।
संविधान दिवसको अवसरमा टुँडिखेलमा आयोजित समारोहलाई सम्बोधन गर्दै उहाँले यस्तो प्रतिवद्धता जनाउनुभएको हो ।
उहाँले संविधान जारी भएको दिन हरेक वर्ष आउने तर संविधान पूरा हुने दिन आफैँले ल्याउनुपर्ने बताउनु भयो । उहाँले हरेक इमन्दार निर्णयबाट नै नागरिकको घरदैलोमा पुग्न सकिने उहाँको विश्वास छ । जनताले सुशासन मागेको, विकास मागेको र समृति मागेकाले त्यसतर्फ सरकारको ध्यान रहेको बताउनु भयो ।


उहाँले भन्नुभयो, ‘संविधान जारी भएको दिन हरेक वर्ष आउँछ, तर संविधान पूरा हुने दिन हामीले आफैं ल्याउनुपर्छ । हरेक इमान्दार निर्णयबाट हरेक पारदर्शी नियुक्तिबाट नागरिकको घरदैलोमा पुग्ने हरेक सेवाबाट जनताले सुशासन मागेका छन्, विकास मागेका छन्, समृद्धि र सामाजिक न्याय मागेका छन् । यो सरकारको हरेक कदम त्यही आकांक्षातर्फ केन्द्रित छ र रहनेछ । यो संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी प्रतिवद्ध छौँ । म यो वाचा आज फेरि दोहो¥याउन चाहन्छु । शहीदहरुको रगतले लेखेको संविधान हामी कामले पूरा गर्नेछौँ ।’

प्रधानमन्त्री साहले संविधानप्रतिको निष्ठा र यसको पालनामा हामी प्रतिवद्ध रहेको बताउनु भयो ।




