
काठमाडौँ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कार्बन उत्सर्जनका लागि विकासशील देशलाई गलत रूपमा जिम्मेवार ठहराइने गरेको बताएका छन्
शनिबार नयाँदिल्लीस्थित विज्ञान भवनमा वातावरण तथा जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै मोदीले भारतको प्रतिव्यक्ति कार्बन उत्सर्जन विश्वको औसतभन्दा आधाभन्दा पनि कम रहेको बताएका हुन् ।


उनले भने- ‘विकसित देशको प्रतिव्यक्ति कार्बन उत्सर्जन भारतको तुलनामा ६ गुणा बढी छ । भारतले यो तथ्यलाई अन्तर्राष्ट्रिय मञ्चमा दृढतापूर्वक राख्दै आएको छ ।’

मोदीले पछिल्लो १२ वर्षमा भारतले वातावरण संरक्षणका विभिन्न क्षेत्रमा उल्लेखनीय प्रगति गरेको दाबी गरे । उनले नवीकरणीय ऊर्जामा विशेष ध्यान दिइएको र यसको विस्तारले वातावरण संरक्षणमा महत्वपूर्ण भूमिका खेलेको बताए ।





