
‘संविधान संशोधन: असन्तुष्ट समुदायको सवाल’ विषयक अन्तरक्रिया सम्पन्न; देशव्यापी चलाइने
काठमाडौँ, असोज ४ गते । संविधान दिवसको अवसरमा आयोजित ‘संविधान संशोधन: असन्तुष्ट समुदायको सवाल’ विषयक विशेष अन्तरक्रिया कार्यक्रम फलदायी रहेको निष्कर्ष निकाल्दै आयोजक राष्ट्रिय मुक्ति पार्टीले यसलाई देशव्यापी अभियानका रूपमा लैजाने निर्णय गरेको छ।


असोज ३ गते सम्पन्न सो कार्यक्रमबारे आज बसेको समीक्षा बैठकले छलफलको औचित्य र सफलताबारे समीक्षा गर्दै यस्तो निर्णय गरेको हो। एकातिर सरकारले संविधान दिवस मनाइरहँदा अर्कोतिर असन्तुष्ट समुदायले ‘कालो दिन’का रूपमा लिने गरेको सन्दर्भमा आयोजित यो कार्यक्रम अत्यन्त समसामयिक, सान्दर्भिक र प्रभावकारी रहेको सहभागीहरूले बताएका थिए।

व्यापक जनसहभागिता रहेको उक्त कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, पूर्वमन्त्री, कानुनी विशेषज्ञ, सामाजिक अभियन्ता तथा युवा प्रतिनिधिको उपस्थिति थियो।
कार्यक्रममा असन्तुष्ट समुदायका मुद्दाहरू र संविधान संशोधनको आवश्यकताबारे जोड दिँदै विभिन्न वक्ताहरूले आफ्ना धारणा राख्नुभएको थियो। विचार व्यक्त गर्ने वक्ताहरूमा:

जनता समाजवादी पार्टीका उपाध्यक्ष राजकिशोर यादव
पूर्वमन्त्री लक्ष्मणलाल कर्ण

जरोकिलो अभियानका प्रा. डा. निर्मलमणि अधिकारी
राष्ट्रिय मुक्ति क्रान्तिका नेता बुद्धछिरिङ मोक्तान
मधेश प्रदेशका पूर्व महान्यायाधिवक्ता वरिष्ठ अधिवक्ता सुरेन्द्र महतो
राष्ट्र निर्माण दलका समिम मिया अन्सारी

संविधान सभा सदस्य रामकुमार शर्मा
नागरिक पहिलो अभियानका प्रशान्त सिंह
जेन-जी अभियन्ता माजित अन्सारी
राष्ट्रिय एकता अभियानका विनायक कुमार यादव

प्रजातान्त्रिक समाजवादी पार्टीका अध्यक्ष अशोक यादव
जी. के. मण्डल फाउन्डेसनका गणेश मण्डल
किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम येक्तेन
अधिवक्ता विकास ठाकुर
संस्कृति अभियन्ता रविराज साह
पिछडावर्ग महासंघका सि.एन. खड्गा
अनिस अन्सारी, अमरदेव यादव, दिग्विजय मिश्र, दीपक गुप्ता
महिला अभियन्ता बेबि राजभण्डारी र विकास तिवारी लगायत थिए ।
अन्तरक्रिया कार्यक्रममा विभिन्न क्षेत्रका वक्ताहरूले व्यक्त गर्नुभएका महत्त्वपूर्ण विचार तथा सुझावहरूलाई आधिकारिक रूपमा दस्तावेजीकरण गरिने भएको छ। कार्यक्रमको सान्दर्भिकता उच्च रहेकाले यसलाई देशव्यापी रूपमा लैजाने निष्कर्ष निकालिएको पार्टीका महासचिव सन्तोष मेहताले जानकारी दिए ।




