लिबियामा झण्डै आधा शताब्दीपछि पहिलो चोटी राष्ट्रिय चुनाब भएको छ । राष्ट्रिय अन्तरिम परिषदमा स्थान लिन संबिधानसभाको सदस्यताका लागि ३ हजार जना चुनाबी मैदानमा उत्रदै छन् । लिबियाका कयौं नागरिकले प्रथम पटक आफनो मताधिकारको प्रयोगबाट संबिधानसभाका लागि दुई सय सदस्य चयन गर्दैछन् । नौ महिना अघि कर्णेल मुअम्मर गद्धाफीको सत्ता पतनपछि यो परिषद गठन गरिएको थियो ।
नयाँ संबिधानसभाले अन्तरिम सरकार गठन गर्ने छ, उक्त सरकारले नयाँ संबिधानको मस्यौदा तयार गरी जनमत संग्रह गराउने छ । कर्णेल गद्धाफीको निरंकूश शासन अन्त्यको करिब एक बर्षमा भएको यस निर्बाचनबाट देशमा लोकतान्त्रिक व्यवस्थाको शुरुवात हुने आशा लिबियाली जनताको छ । तर निर्वाचन अघि नै हाल लिबियामा राजनीतिक अस्थिरता उत्पन्न भएको छ ।
यता संबिधान सभाका लागि मतदान शुरु हुनु पूर्ब निर्वाचनका सामाग्री बोकेर गइरहेको हेलिकप्टरमाथि गराइएको आक्रमणले निर्वाचन बिरोधीहरुको मनसाय छर्लंग भएको अधिकारीहरुको भनाई छ ।