
धादिङ । मुग्लिन–काठमाडौं सडकखण्ड पूर्णरूपमा अवरुद्ध भएको छ ।
प्रहरीका अनुसार बिहीबार साँझ धादिङको गजुरी गाउँपालिका–६ जहरेखेतमा पहिरोसहित बिजुलीको पोल ढलेपछि दुवैतर्फ यातायात अवरुद्ध भएको हो ।

प्रहरीले अहिले पहिरो पन्छाउने तथा ढलेको विद्युत् पोल हटाउने तयारी भइरहेको जानकरी दिएको छ । सडक अवरुद्ध भएपछि मुग्लिन र काठमाडौं दुवैतर्फ जाने तथा आउने सवारीसाधन रोकिएका छन् ।




