सेप्टेम्बर २८ मा विश्वः फ्लेमिङले गरे जीवाणु नास गर्ने ढुसीको खोज

काठमाडाैं, १२ असाेज ।  । सेप्टेम्बर २८ मा विश्व इतिहासमा घटेका धेरै प्रमुख राजनीतिक, सैन्य तथा ऐतिहासिक घटनाक्रमहरू घटेका छन, जसमध्ये स्कटिस वैज्ञानिक अलेक्ज्यान्डर फ्लेमिङले जीवाणु नास गर्ने ढुसीको खोज गरे, जसले आधुनिक चिकित्सा विज्ञानको क्षेत्रमा क्रान्ति ल्याउन सफल भयाे ।

इपू ४८ – पोम्पेको हत्या: प्रसिद्ध रोमन सैन्य तथा राजनीतिक नेता पोम्पे इजिप्ट पुग्दा राजा टोलेमी तेह्रौँको आदेशमा उनको हत्या गरियो।

सन् १०६६ – विलियम द कन्कररको बेलायत आक्रमण: नोरम्यान्डीका ड्युक विलियमले बेलायतमाथि आक्रमण गरी ‘नोरम्यान विजय’ को सुरुवात गरे। यसले बेलायतको राजनीतिक र सामाजिक संरचनामा ठूलो परिवर्तन ल्यायो।

 

सन् १७८१ – योर्कटाउनको घेराबन्दी: अमेरिकी क्रान्तिकारी युद्धको निर्णायक मोड मानिने ‘सिएज अफ योर्कटाउन’ अमेरिकी र फ्रान्सेली सेनाको संयुक्त टोलीद्वारा सुरु भयो।

सन् १८२१ – मेक्सिकोको स्वतन्त्रताको घोषणापत्र: मेक्सिकन साम्राज्यको स्वतन्त्रताको घोषणापत्रको मस्यौदा तयार गरियो।

 

सन् १९६१ – संयुक्त अरब गणतन्त्रको विघटन: सिरियामा भएको सैन्य विद्रोहका कारण इजिप्ट र सिरियाबीचको अल्पकालीन राजनीतिक एकता भङ्ग भयो।

सन् १९९५ – ओस्लो दाेस्राे सम्झौता: इजरायली प्रधानमन्त्री यित्जाक रबिन र पीएलओ अध्यक्ष यासेर अराफातबीच वेस्ट बैंक र गाजा क्षेत्रमा प्यालेस्टिनी शासन विस्तार गर्नेसम्बन्धी ऐतिहासिक सम्झौतामा हस्ताक्षर भयो।

images

 

सन् १८६४ – प्रथम इन्टरनेसनलको स्थापना: कार्ल मार्क्सको पहलमा लन्डनमा ‘इन्टरनेसनल वर्किङ मेन्स एसोसिएसन’ को स्थापना भयो।

images

सन् १९२८ – पेनिसिलिनको खोज: स्कटिस वैज्ञानिक अलेक्ज्यान्डर फ्लेमिङले जीवाणु नास गर्ने ढुसीको खोज गरे, जसले आधुनिक चिकित्सा विज्ञानको क्षेत्रमा क्रान्ति ल्यायो।

सन् १९३९ – पोल्यान्डको विभाजन: दोस्रो विश्वयुद्धको क्रममा नाजी जर्मनी र सोभियत युनियनबीच पोल्यान्डलाई आपसमा विभाजन गर्ने सम्झौता भयो।

images