विश्वको इतिहासमा अगस्त ४ः अफ्रिकी राष्ट्र बुर्कानाेफासाेकाे नयाँ नामाकरण

विश्वको इतिहासमा अगस्त ४ का दिन घटेका प्रमुख राजनीतिक, ऐतिहासिक तथा सामाजिक घटनाक्रमहरू निम्न अनुसार छन्, जसमध्ये युगान्डाका तानाशाह इदी अमिनले एसियाली मूलका नागरिकहरू (मुख्य गरी भारतीय र पाकिस्तानी) लाई देशबाट निकाल्ने घोषणा गरेका थिए।

प्रथम विश्वयुद्धको विस्तार(१९१४) :  बेलायतद्वारा जर्मनीविरुद्ध युद्धको घोषणा: जर्मनीले तटस्थ राष्ट्र बेल्जियममाथि आक्रमण गरेपछि त्यसको विरोधमा बेलायत (ब्रिटिस साम्राज्य) ले जर्मनीविरुद्ध युद्धको घोषणा गरेको थियो। यसै दिन अमेरिकाले प्रथम विश्वयुद्धमा तटस्थ रहने घोषणा गरेको थियो।

दोस्रो विश्वयुद्ध र एन्न फ्र्याङ्कको गिरफ्तारी (१९४४)  : नाजी शासनबाट बच्न एम्स्टर्डमको एक गुप्त घरमा लुकिरहेकी प्रसिद्ध यहुदी किशोरी एन्न फ्र्याङ्क, उनको परिवार र अन्य साथीहरूलाई गेस्टापो (नाजी गुप्तचर) ले पक्राउ गरेको थियो। पछि उनको डायरी “द डायरी अफ अ युङ गर्ल” विश्वभर प्रसिद्ध भयो।

 

अफ्रिकी राजनीति र देशको नाम परिवर्तन (१९८३ – १९८४) : अपर भोल्टामा सैन्य विद्रोह (१९८३): थमस संकाराको नेतृत्वमा माथिल्लो भोल्टामा सैन्य विद्रोह सफल भएको थियो।  साे विद्रोहको ठीक एक वर्षपछि सन् १९८४ अगस्ट ४ मा राष्ट्रपति थमस संकाराले देशको नाम अपर भोल्टाबाट बदलेर ‘बुर्किना फासो’ (इमानदार मानिसहरूको भूमि) राखेका थिए।

ग्रिसमा तानाशाही शासनको सुरुआत (१९३६) : ग्रिसका प्रधानमन्त्री लोआनिस मेटाक्ससले संसद् र संविधान निलम्बन गरी सर्वसत्तावादी/तानाशाही शासनको स्थापना गरेका थिए।

 

ओबामाको जन्म (१९०१): संयुक्त राज्य अमेरिकाका ४४ औँ राष्ट्रपति बराक ओबामाको जन्म भएको थियो।

कुक टापु स्वशाषित (१९६५): कुक टापुले न्युजिल्यान्डसँगको सहकार्यमा आत्म-शासित दर्जा प्राप्त गर्दै नयाँ संविधान लागू गरेको थियो।

images

 

भियतनाम युद्ध(१९६९): अमेरिकी प्रतिनिधि हेनरी किसिन्जर र उत्तरी भियतनामी प्रतिनिधि बीच पेरिसमा गोप्य शान्ति वार्ता सुरु भएको थियो।

images

इदी अमिनकाे नाजायज घाेषणा (१९७२): युगान्डाका तानाशाह इदी अमिनले एसियाली मूलका नागरिकहरू (मुख्य गरी भारतीय र पाकिस्तानी) लाई देशबाट निकाल्ने घोषणा गरेका थिए।

 

images