२४ घण्टामा देशभर सवारी दुर्घटनामा १४ को मृत्यु, १२१ जना घाइते

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा १४ जनाको मृत्यु भएको छ भने १२१  जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश प्रदेशमा ५ जनाको मृत्यु भएको छ भने काठमाडौँ उपत्यका, लुम्बिनी, बागमती र गण्डकी प्रदेशमा २-२ जनाको मृत्यु भएको छ । त्यस्तै, कोशी प्रदेशमा एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १२१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २३ जना घाइते भएका छन् भने कोशीमा २८ जना, काठमाडौँ उपत्यकामा १५ जना, सुदूरपश्चिममा १३ जना, बागमतीमा १ जना घाइते भएका छन् भने लुम्बिनीमा २७ जना, कर्णालीमा ९ जना र गण्डकीमा ५ जना घाइते भएका छन् ।