मातृका यादवको माओवादी समूहले सिरहाको मिर्चैयामा जग्गा कब्जा गर्न खोज्दा झडप

पुनर्गठित नेकपा माओवादीका संयोजक मातृका यादवको नेतृत्वमा गएको समूहले सिरहाको मिर्चैयास्थित बीरेन्द्र साहको जग्गा कब्जा गर्न खोज्दा झडप भएको छ । शाही परिवार मोहन शाहीको जग्गा खरीद गरी विक्री वितरण गर्न लागेको भन्दै भूमिसुधार मन्त्री रहेको बेला यादवले आफैंले उक्त जग्गा २०६४ सालमा कब्जा गरी सुकुम्बासीको वस्ती बसालेका थिए ।

 

 मिर्चैयाको पश्चिमी सीमानामा सडक छेउमा रहेको साढे पाँच विगाहा जग्गा फुकुवा गर्न त्यतिबेलादेखि नै जग्गाधनी विरेन्द्र साहले विभिन्न पक्षसँग हारगुहार गर्दै गत असार २२ गते स्थानीय प्रहरीको संरक्षणमा डोजर लगाई उक्त वस्ती खाली गरेका थिए ।

 

वस्ती खाली भएपछि माओवादी संयोजक यादव आज उक्त जग्गामा झण्डा गाड्न पुनः जानुभएको हो । सोही क्रममा स्थानीय युवाहरुले विरोध गरेपछि उक्त जग्गा कब्जा हुन सकेन । तर उक्त जग्गामा बस्दै आएकी एक महिलाले संकेत गरेको स्थानीय छोटु साहलाई संयोजक यादव आफैंले समातेर कुटपिट गर्दै गोलबजार प्रहरीलाई बुझाउनुभएको थियो ।

 

आज विहान जग्गा कब्जाको प्रयास असफल भएपछि यादवले अपरान्ह ३ बजेपछि मिर्चैयामा नाराबाजी गर्दै जग्गा पुनः कब्जा गर्ने प्रयास गर्नुभए पनि सफल हुनु भएन । स्थानीय ब्यक्तिहरुले यादवको गाडीमा तोडफोड गरेका छन् ।

 

– RSS

अन्य समाचारहरु