फिलिपिन्समा बालिका अनलाइन यौन दुर्व्यवहारमा अमेरिकी आर्थिक सहयोगको खुलासा

मनिला, २७ असोज। फिलिपिन्समा करिब ५ लाख बालबालिकालाई पैसा तिर्ने ग्राहकहरूका लागि यौनजन्य सामग्री उत्पादन गर्न बाध्य पारिँदै छ; यी ग्राहकहरूमध्ये अधिकांश संयुक्त राज्य अमेरिकाका छन्।

सीएनएन को एक अनुसन्धानका अनुसार सन् २०२० देखि २०२२ को बीचमा अमेरिकी खरिदकर्ताहरूले बाल यौन दुर्व्यवहारसम्बन्धी सामग्रीका लागि फिलिपिन्समा ७० लाख डलरभन्दा बढी रकम पठाएका थिए।

११ करोड ७० लाखभन्दा बढी जनसंख्या भएको दक्षिण-पूर्वी एसियाली द्वीप-राष्ट्र ‘लाइभ-स्ट्रिम’ मार्फत गरिने बाल यौन शोषणको आर्थिक लाभमा आधारित कारोबारको विश्वव्यापी केन्द्र बनेको छ, जुन अनलाइनमा सबैभन्दा तीव्र गतिमा बढिरहेको अपराधमध्ये एक हो।

गरिबीमा रहेका मानिसहरूलाई हिंसाबाट जोगाउने गैर-नाफामुखी संस्था ‘इन्टरनेसनल जस्टिस मिसन’ को सन् २०२३ को प्रतिवेदन अनुसार हरेक १०० फिलिपिनो बालबालिकामध्ये एक जनालाई यस्तो सामग्री उत्पादन गर्न बेचबिखन (तस्करी) गरिन्छ।

यस्ता सामग्रीहरू मेसेजिङ-एप समूहहरू मार्फत केही डलरमा बिक्री गरिन्छन् र तिनका खरिदकर्ताहरू प्रायः पश्चिमी देशका पुरुषहरू हुन्छन्। फिलिपिन्सको ‘एन्टी-मनी लान्डरिङ काउन्सिल’ का अनुसार सन् २०१५ देखि २०२३ को अवधिमा पनि उक्त देशबाट याैनजन्य सामग्री खरिद गर्नेमा संयुक्त राज्य अमेरिका नै शीर्ष स्थानमा थियो।

पश्चिमी देशका पुरुषहरूले बाल दुर्व्यवहारका ती दृश्यहरू हेरिरहेका भए तापनी फिलिपिन्सको प्रहरीका अनुसार पीडित बालबालिकाहरूलाई यस कार्यका लागि उपलब्ध गराउने काममा प्रायः परिवारका महिला सदस्यहरूकै संलग्नता हुने गरेको छ।

गत वर्ष बालबालिकालाई अनलाइन यौन दुर्व्यवहार र शोषण गरेको आरोपमा पक्राउ परेका ५० महिलामध्ये ३२ जना पीडितका आमा थिए भनी सीएनएनले फिलिपिन्स राष्ट्रिय प्रहरीको तथ्याङ्क उद्धृत गर्दै रिपोर्ट गरेको छ।

“उनीहरूले बालबालिकालाई दुर्व्यवहार गर्ने र लाइभ स्ट्रिम गर्ने एक मात्र कारण यो हो कि अमेरिकामा कोही त्यो दुर्व्यवहारको लागि तिर्न तयार छ,” आईजेएमको अनलाइन यौन शोषण अन्त्य गर्ने केन्द्रका कार्यकारी निर्देशक जोन तानाघोले अमेरिकी प्रकाशनलाई बताए।

images

सीएनएनले पीडितहरूसँग पनि कुरा गरे अनुसार जसमध्ये धेरैजसो पाँच वर्षको उमेरमा यस उद्योगमा धकेलिएका थिए। नाम परिवर्तन गरेर ‘केट’ राखिएकी एक पीडितले भनिन् कि जब उनी १३ वर्षकी थिइन्, उनकी धर्मपुत्री बहिनीले उनलाई पहिलो पटक क्यामेराको अगाडि राखिन्। यो कोभिड महामारीको समय थियो र केटको बुबाले भर्खरै आफ्नो जागिर गुमाएका थिए।

परिवारको गर्जो टार्नका लागि उनकी धर्मपुत्री जेठी बहिनी, जो केही समयदेखि अनलाइन यौन कार्य गर्दै आएकी थिइन्, ले केटलाई आफ्ना केही ग्राहकहरूलाई समय दिन भनिन्, जसलाई हेर्न उनी अत्यधिक व्यस्त थिइन्। चाँडै नै, उस्तै काममा संलग्न उनका दुई छिमेकीहरूले पनि ग्राहकहरूले अझै साना बालबालिकाको माग गर्दा केटलाई प्रयोग गर्न थाले, उनले प्रकाशनलाई बताइन्।

images

ती बालिकाका अनुसार दुर्व्यवहार ग्राहकको प्रेमिकाको रूपमा नाटक गर्ने, उनीहरूसँग कुराकानी गर्ने र उनीहरूका दिनचर्याबारे सोध्ने कामबाट सुरु हुन्थ्यो। त्यस पछि उनीहरूले उनलाई पहिरन परिवर्तन गर्न र उनीहरूले हेरिरहेको बेला यौन खेलौना प्रयोग गर्न आग्रह गर्थे। उनीहरूले घाँटी थिचेर र कोर्रा लगाएर दुर्व्यवहार गर्ने आफ्ना कल्पनाका कुरा पनि सुनाउँथे। एक अमेरिकीले त उनलाई बन्दुक देखाएर बलात्कार गर्न चाहेको बताएका थिए।

अर्की पीडित इसालाई भनिएको थियो कि दुर्व्यवहार पछि केही पीडितहरूले उनलाई माफी माग्नेछन् र भगवानसँग दयाको भिक्षा माग्नेछन्। अहिले १४ वर्षकी इसा आफ्ना काका-काकीहरूले उनीमाथि गरेको दुर्व्यवहार प्रत्यक्ष प्रसारण गर्ने क्रम पक्राउ परेपछि अहिले आश्रयगृहमा बस्छिन्।

images

इसाले सीएनएनलाई बताइन् कि उनी पुरुषहरूले आफूलाई किन नाङ्गो हेर्न चाहन्छन् भनेर बुझ्न धेरै सानी थिइन्, तर जब उनकी काकीले नुहाउने समयमा उनको भिडियो खिचिन्, तब यो विदेशी पुरुषहरूले भनेर गराइएको हो भन्ने उनले चाल पाइन्।

उनकी एक काकीले ‘लोली पप’ उपनाम प्रयोग गरेकी थिइन्, जुन याैनजन्य सन्दर्भमा व्यापक रूपमा चिनिने शब्द हो। उनले स्पष्ट रूपमा इसा र उनका काकाका बालबालिकासहित (जसमध्ये केही ५ वर्षका थिए) पहुँच भएका बच्चाहरूको विज्ञापन गर्थिन्।

सीएनएनले उनको ह्वाट्सएप सन्देशहरूमा पहुँच प्राप्त गरेकाे थियाे । जहाँ उनले ‘रोजी’ उपनाम प्रयोग गरेर ग्राहकहरूसँग कुरा गरेकी थिइन्। एउटा टेक्स्टमा उनले एक स्विस नागरिकलाई साना केटीहरूको भिडियो हेर्न चाहनुहुन्छ भनेर सोधेकी थिइन्। “तपाईंले इन्टरनेटमा त्यो फेला पार्न सक्नुहुन्न किनकि यो नाबालिग हो,” उनले लेखेकी थिइन्।

इसाका अनुसार, उनलाई प्रस्तुति दिन बाध्य पार्ने पुरुषहरू फरक-फरक समय क्षेत्रका थिए र उनी जुनसुकै बेला उपलब्ध हुनुपर्दथ्यो। काकीहरूले प्रायः मध्यरातमा पनि उनीहरूका लागि प्रस्तुति दिन उनलाई ओछ्यानबाट उठाउँथे। “फोनमा विदेशीहरू हुन्थ्य्रे। जब उनीहरू फोन गर्थे, त्यतिबेला उनीहरूलाई मेरो आवश्यकता पर्थ्यो,” उनले सम्झिइन्।

Nepal life insurance

उनले भनिन् कि काकीहरूले उनलाई यो दुर्व्यवहारको कुरा कसैलाई नभन्नू भनी धम्की दिन्थे। यो ती कलिला बालबालिकाका लागि अत्यन्तै पीडादायी बोझ थियो, यद्यपि यो गलत हो भन्ने उनीहरूले महसुस गरिसकेका थिए।

के प्रतिबन्धहरूले काम गरिरहेका छन्?
याैनजन्यको उपभोगमाथि विश्वव्यापी प्रतिबन्धहरू भए पनि यस्ता सामग्रीहरू अनलाइनमा सहजै उपलब्ध छन्। केही क्लिक गरेरै सार्वजनिक वेबसाइटहरूदेखि निजी समूह च्याटहरूसम्म यस्ता आपत्तिजनक सामग्रीहरू बिक्री भइरहेका छन्।

अनुसन्धानले याैनजन्य को विज्ञापन गर्ने थुप्रै टेलिग्राम समूहहरू फेला पारेको छ, जहाँ प्रयोगकर्ताहरूले पहिले नै तयार गरिएका सामग्रीहरू खरिद गर्न सक्छन् वा दुर्व्यवहारका लागि विशेष माग राख्दै प्रशासकलाई सीधै सम्पर्क गर्न सक्छन्।