
काठमाडौं, ४ कार्तिक । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले बडादसैँ अन्तर्गत विजयादशमी (टीका) को दिनको शुभसाइत सार्वजनिक गरिसकेको छ।
समितिका अनुसार यस वर्षको विजयादशमीको टीकाका लागि उत्तम साइत बिहान १०:२६ बजे रहेको छ।

चाडपर्वका अवसरमा जानकारी दिँदै समितिले यस वर्षको विजयादशमीसम्बन्धी प्रमुख साइतहरू यसप्रकार निर्धारण गरेको जनाएको छ, जसअनुसार देवी विसर्जनको साइत बिहान ०८:४९ बजे र टीका ग्रहण गर्ने उत्तम साइत बिहान १०:२६ बजे रहेकाे छ।


समितिले यस वर्ष विजयादशमीको दिन टीका ग्रहण गर्दा पश्चिम दिशातर्फ फर्कनुपर्ने स्पष्ट पारेको छ। मान्यजनको हातबाट टीका तथा जमरा ग्रहण गरी बडादसैँ हर्षोल्लासका साथ मनाउन चाहनेहरूका लागि यो साइत निर्धारण गरिएको हो।




