शक्तिशाली आँधी ‘चम्पी’ को सामना गर्न ताइवान र जापान तयारीमा

ताइपेइ, ६ कार्तिक । ताइवान शक्तिशाली आँधी ‘चम्पी’ को सामना गर्न तयारीमा जुटेको छ।

यो आँधी शुक्रबार १७३ किलोमिटर प्रतिघण्टा (१०७ माइल प्रतिघण्टा) सम्मको गतिमा र ३२० किलोमिटरको दायरा (त्रिज्या) समेट्दै टापुमा स्थलमार्गबाट प्रवेश (ल्यान्डफल) गर्ने तय भएको छ।

ताइवानका अधिकारीहरूले सर्वसाधारणलाई समुद्र तट र पहाडी क्षेत्रबाट टाढा रहन आग्रह गरेका छन्। साथै, आँधीका कारण भत्कने जोखिममा रहेको पहिरोको बाँध नजिकै बसोबास गर्ने उत्तर-पूर्वी तट, क्षेत्रका बासिन्दाहरूलाई सुरक्षित स्थानमा सारिँदैछ। ताइवान र छिमेकी जापानमा सयौं उडानहरू रद्द गरिएका छन्, जसले गर्दा हजारौं यात्रीहरू प्रभावित भएका छन्।

अधिकारीहरूका अनुसार समुद्री छालले बगाएर ताइवानमा कम्तीमा एक व्यक्तिको मृत्यु भएको छ। सुपर एल निनोले प्रशान्त महासागरको पानी तताउँदै सिर्जना गरेका तीव्र आँधीबेहरीहरूको शृङ्खलामा ‘चम्पी’ पछिल्लो आँधी हो।

उता, जापानकाे ओकिनावा इलेक्ट्रिक पावरका अनुसार, जापानको ओकिनावामा टाइफून (आँधी) को प्रभावका कारण ३,६३० घरपरिवारमा विद्युत् सेवा अवरुद्ध भएको छ।

कम्पनीका अनुसार तीव्र वर्षा र हावाहुरीका कारण बाहिर निस्किएर काम गर्न खतरनाक अवस्था सिर्जना भएकाले प्राविधिकहरूले रिमोट अपरेसन (टाढैबाट) मार्फत विद्युत् सेवा पुनःसञ्चालनको प्रयास गरिरहेका छन्।

म अहिले टोकियोमा छु, जहाँ आकाशमा सामान्य बादल मात्र लागेको छ। तर, मौसम पूर्वानुमान अनुसार भोलिदेखि लगातार चार दिनसम्म वर्षा हुने सम्भावना छ।

प्रधानमन्त्री सानाए ताकाइचीले नागरिकहरूलाई आँधीप्रति सचेत रहन आग्रह गर्दै भनेकी छिन्, “भोलिसम्म तीव्र हावाहुरी, अग्ला छालहरू, पहिरो वा भू-क्षयजस्ता प्रकोप तथा समुद्री आँधी (स्टर्म सर्ज) को जोखिमप्रति अत्यधिक सावधानी अपनाउनुहोस्।”

images

उनले सामाजिक सञ्जाल ‘एक्स’ मा लेखेकी छिन्, “ओकिनावा र आमामी क्षेत्रका होचा भू-भाग डुबानमा पर्न सक्ने तथा नदीहरूमा पानीको सतह बढेर खतरा उत्पन्न हुन सक्ने भएकाले विशेष सतर्कता अपनाउन आवश्यक छ।”

आजकल धेरै मानिसले टेलिभिजन हेर्न वा पत्रिका पढ्न छाडिसकेको अवस्थामा प्रधानमन्त्री ताकाइचीले सामाजिक सञ्जालमार्फत निरन्तर ताजा जानकारी उपलब्ध गराएको भन्दै धेरै नागरिकले उनको पोस्टमा प्रतिक्रिया जनाएर धन्यवाद तथा आभार व्यक्त गरेका छन्।

images