दसैँ लगतै सुनको मूल्य तोलामा ११ हजार ६०० रुपैयाँ सस्तियो

काठमाडौं, ८ कात्तिक । दसैँपछिको पहिलो कारोबारमा सुनको मूल्यमा भारी गिरावट आएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ६०० रुपैयाँले घटेर २ लाख ७८ हजार ५०० रुपैयाँ कायम भएको छ।

गत असोज ३० गते दसैँअघि सुनको मूल्य प्रतितोला २ लाख ९० हजार १०० रुपैयाँ थियो। त्यस्तै, दसैँअघि प्रतिदश ग्राम २ लाख ४८ हजार ७१५ रुपैयाँ रहेको सुनको मूल्य घटेर हाल प्रतिदश ग्राम २ लाख ३८ हजार ७७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।

यसैबीच, चाँदीको मूल्यमा पनि कमी आएको छ। दसैँअघि प्रतितोला ४ हजार १५० रुपैयाँ रहेको चाँदीको मूल्य आइतबार घटेर ३ हजार ९५५ रुपैयाँ कायम भएको छ। यसैगरी, प्रतिदश ग्राम ३ हजार ५५८ रुपैयाँ रहेको चाँदीको मूल्य घटेर ३ हजार ३९१ रुपैयाँमा झरेको छ।