
काठमाडौँ । एप्पलको पहिलो पट्याउन फोल्ड मोबाइल ‘आइफोन डुओ’ को भित्री स्क्रिनमा समस्या देखिएको छ ।
फोनको बीचमा पट्याउने भागमा स्क्रिन फुट्ने र चर्किने गुनासो आएपछि कम्पनीले पनि केही फोनमा समस्या देखिएको स्वीकार गरेको छ ।

करिब ३ लाखदेखि साढे ४ लाख रुपैयाँसम्म पर्ने यो मोबाइल प्रयोग गरेको केही समयमै पर्दा बिग्रिएको प्रयोगकर्ताले बताएका छन् ।
प्रयोगकर्ताका अनुसार फोन पहिलोपटक खोलेर प्रयोग गरेको केही समयमै भित्री स्क्रिन आफैँ बिग्रिने समस्या देखिएको छ । विशेषगरी फोन बीचबाट पट्याउने भागमा यस्तो समस्या बढी देखिएको बताइएको छ । एप्पलले केही सीमित फोनमा भित्री स्क्रिनसम्बन्धी समस्या आएको जानकारी दिएको छ ।


कम्पनीले समस्या देखिएका फोन साटेर नयाँ फोन उपलब्ध गराउने जनाएको छ । आफ्नो आइफोन डुओको स्क्रिनमा समस्या देखिएमा ग्राहकलाई तत्काल एप्पलकेयरमा सम्पर्क गरी फोन साट्न आग्रह गरिएको छ । कम्पनीले सेप्टेम्बर ९ मा आफ्नो पहिलो पहिलो फोल्ड गर्न मिल्ने मोबाइल सार्वजनिक गरेको थियो ।

आइफोन डुओमा बाहिर ५.४ इन्चको पर्दा र भित्र ७.६ इन्चको मुख्य स्क्रिन रहेको बताइएको छ । यो एप्पलले उत्पादन गरेको अहिलेसम्मकै ठूलो स्क्रिन भएको आइफोन हो । यसको सुरुआती मूल्य १ हजार ९९९ अमेरिकी डलर र सबैभन्दा महँगो संस्करणको मूल्य ३ हजार १९९ अमेरिकी डलर रहेको छ ।




